दोलखामा १४ हजार बेरोजगार !

अर्जुन अपवाद/चरिकोट दोलखामा १४ हजार ब्यक्तिहरु बेरोजगार रहेको पाइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको वेबसाइटमा राखिएको तथ्याङ्कअनुसार जिल्लाका ९ ओटै स्थानीय तहमा १४ हजार १ सय ८७ नागरिकले आफु बेरोजगार भएको फारम भरेका हुन ।
वेबसाइटमा रहेको तथ्याङ्कका अनुसार शैलुङ्ग, मेलुङ्ग र गौरीशंकर गाउँपालिका बाहेक जिल्लाका ६ स्थानीय तहमा १ हजार ६ सय ६० जना रोजगारमा खटिएका छन् । जिल्लाका ९ स्थानीय तहमध्ये सबैभन्दा धेरै कालिञ्चोक गाउँपालिकामा ४ हजार ७ सय ५६ जनाले बेरोजगार भएको फारम भरेका छन् भने सबैभन्दा कम मेलुङ्ग गाउँपालिकाका २ सय ५९ जनाले फारम भरेका छन् ।
२०७२ मा जारी भएको नेपालको संविधानले सबैलाई रोजगारीको हक सुनिश्चित गरेसँगै आव २०७५÷७६ बाट प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको हो । बेरोजगार नागरिकलाई कम्तिमा सय दिन बराबरको काम वा सो को ५० प्रतिशत बराबरको निर्वाह भत्ता दिनुपर्ने कानुनी प्रावधान रहेको छ ।

Shares

Be the first to comment on "दोलखामा १४ हजार बेरोजगार !"

Leave a comment

Your email address will not be published.


*