दोलखामा १० गते सम्मका लागि लकडाउन थपियो

चरिकोट –सङ्कट व्यवस्थापन समितीको सम्पन्न बैठकले दोलखामा १० गते सम्मका लागि लकडाउन थप गर्ने निर्णय गरेको छ । देशभर कोरोना संक्रमण दर बढेकाेले दोलखमा पनि १० गतेसम्म लकडाउन गर्ने निर्णय भएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले जानकारी दिए ।दोलखामा यस अघि गौरीशंकर गाउँपालिकामातथा कालिन्चोक गाउँपालिकामा  कोरोनाको संक्रमण देखिएपछि दोलखा जिल्ला भर ६ गतेसम्म लकडाउन गरिएको थियो ।सोही लक डाउन १० गते सम्म थप भएको हो ।

 

 

 

Shares

Be the first to comment on "दोलखामा १० गते सम्मका लागि लकडाउन थपियो"

Leave a comment

Your email address will not be published.


*