दोलखामा १०३ जनामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्टमा रिपोर्ट नेगेटिभ

चरिकोट (दीस) –दोलखाको ३ पालिकामा १०३ जनामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाको ३ स्थानीय तहले विदेशबाट आएर १४ दिन कटेको र २१ दिन नपुगेकालाई बुधबार आरडीटी प्रविधिबाट सुरु गरेको कोरोना संक्रमणको १०३ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
दोलखामा बुधबारबाट आजसम्म गरिएको टेष्टमा १०३ जनामा गरेको आरडीटी प्रविधिमार्फत एण्टिबडी जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ देखाएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख एवम् जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकारी विभुकुमार झाले जानकारी दिए । हालसम्म दोलखामा भीमेश्वर नगरपालिकामा आरडीटी प्रविधिमार्फत एण्टिबडी जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ देखाएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख एवम् जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकारी विभुकुमार झाले जानकारी दिए । हालसम्म दोलखामा भीमेश्वर नगरपालिकामा २१ जना कालिञ्चोक गाउँपालिका–७० , तामाकोसी गाउँपालिकामा १२ जना गरी कुल १०३ जनाको आरडीटी प्रविधिबाट एण्टिबडी जाँच गरिएको सूचना अधिकारी झाले जनाए । टेष्ट गरिएका मध्ये पुरुष भक्तपुरको सनसिटीबाट केही समयअघि दोलखा आएको तामाकोशी गाउँपालिकाका एकमहिला र दुई पुरुषको स्वाव परीक्षणको लागि बुधबार नै धुलिखेल अस्पताल पठाइएको उनीहरुको पनि रिपोर्ट नेगेटिभ आएको थियो ।।

Shares

Be the first to comment on "दोलखामा १०३ जनामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्टमा रिपोर्ट नेगेटिभ"

Leave a comment

Your email address will not be published.


*