दोलखामा हार्डवेर ब्यावसायी संघको गठन

चरिकोट(दीस)ः दोखला हार्डवेर ब्यवासायी संघको साधारण सभा सम्पन्न भएको छ । संघको पहिलो साधारण सभा सदरमुकाम चरिकोटमा शनिवार सम्पन्न भएको हो ।
साधारण सभाले सर्वसम्मतिले रामकृष्ण थापा(श्री सत्यम हार्डवेर) को अध्यक्षतामा नौ सदस्यिय कार्य समितिको गठन समेत गरेको छ । समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष रामकृष्ण श्रेष्ठ(चरिकोट कलर सेन्टर एण्ड सप्लायर्स), सचिव यादव कार्की(कार्की मल्ट्रि ट्रेड एण्ड सप्लायर्स) तथा कोषाध्यक्ष प्रदिप थापा(प्रिन्सा हार्डवयर एण्ड सप्लायर्स) रहनु भएको छ । यस्तै सदस्यहरुमा दिलकुमार श्रेष्ठ(भिमेश्वर सेनेटरि एण्ड सप्लायर्स), अमर श्रेष्ठ(श्रेष्ठ हार्डवयर एण्ड ग्लास सेन्टर), प्रमोद श्रेष्ठ(मनकामना सप्लायर्स), भीसा श्रेष्ठ(न्यू कालिन्चोक हार्डवयर) तथा सविता उप्रेति(सितल इन्टरप्राईजेज) रहनुभएको छ । यस्तै साधारण सभाले शिवजि राउत(शिव जनरल स्टोर), दिनेश थापा(ॐ साईराम हार्डवयर एण्ड सप्लायर्स) तथा सुन्दर कार्कि(गुप्तेश्र्वर टे«ड एण्ड सप्लायर्स) लाई चयन गरेको उपाध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

Shares

Be the first to comment on "दोलखामा हार्डवेर ब्यावसायी संघको गठन"

Leave a comment

Your email address will not be published.


*