दोलखामा सुस्त गतिमा फैलिँदै कोरोना

दीक्षण समाचार
चरिकोट, साउन ११
कोरोना संक्रमण मुक्त रहेको दोलखामा साउनदेखि पुनः कोरोना संक्रमण फैलिन सुरु भई दिनहुँ संक्रमित थपिदै गएका छन् । बुधबार सम्म जिल्लामा सक्रिय संक्रमित २० जना भएका छन् । बुधबार चार जना नयाँ संक्रमित थपिएसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २० पुगेको हो । संक्रमितमध्ये एक जना बाहेक सबै बैतेश्वर गाउँपालिकाका हुन् । एक जना जिरी नगरपालिका रहेकाका छन् । संक्रमित सबै होमआइसोलेसनमा बसिरहेका छन् । संक्रमितको पहिचानका लागि एन्टिजेन परिक्षण गरिएको हो । जिल्लामा पिसीआर प्रयोगशाला भएपनि त्यसमार्फत कोरोना पहिचानका लागि व्यक्तिको नमूना स्वाबको संकलन पहिचान गरिएको छैन । स्वास्थ्य कार्यालयले कोरोना संक्रमण दिनानुदिन फैलिदैँ गएकोले स्वास्थ्य मापदण्ड पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । संक्रमण सुस्तरी फैलिरहेकोले आतिन नपर्ने तर स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गरी यसको रोकथाम आवश्यक रहेको बताइएको छ ।

Shares

Be the first to comment on "दोलखामा सुस्त गतिमा फैलिँदै कोरोना"

Leave a comment

Your email address will not be published.


*