दोलखामा सुरक्षित सुत्केरी गर्ने संङख्या बढ्यो

चरिकोट(ईस्वर विक )–दोलखामा स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउने संङख्या बढेको तथ्याङकले देखाएको छ स्वास्थ्य कार्यालय दोलखाको चार बर्षको तथ्याङ्क अनुसार जिल्लाको भीमेश्वर नगरपालिकामा ४८६ सबैभन्दा बढि संख्यामा सुत्केरी भएका छन् । सबैभन्दा कम मेलुङ गाउँपालिकामा ३८ जनाले मात्रै स्वास्थ्य संस्थामा गई सुत्केरी भएका छन् । भने गौँरीशंकर गाउँपालिकामा ८० जना सुरक्षित सुत्केरी भएका छन् । विगु गाउँपालिकामा १ सय २९ जना, कालिञ्चोक गाउँपालिकामा १ सय ४२ जना सुत्केरी भएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले बताए । त्यसैगरी बैतेश्वर गापामा ७८ जना, ३ सय २४ जना जिरीमा नगरपालिकामा, ८९ जना तामाकोशी गाउँपालिकामा, १ सय १६ जनाले शैलुङमा सुरक्षित सुत्केरी गराएको प्रमुख झाले बताए । जसअनुसार २०७४÷०७५ देखि २०७५÷०७६ चार आर्थिक वर्षको अवधीभर जिल्लामा १ हजार ३ सय ४० जनाले सुरक्षित सुत्केरी गराएका छन् । सुत्केरी गराउन स्वास्थ्य संस्थामा जानुपर्छ भन्ने मान्यताको विकास हुनु सकारात्मक पक्ष रहेको चिकित्सकहरु बताउँछन् । आवश्यक पुर्वाधार र दक्ष प्रसुतिकर्मी भएका स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा जोखिम कम हुने गर्दछ । घरमा सुत्केरी हुँदा आमा र बच्चाकै ज्यानै जाने भएकाले पछिल्लो समय स्वास्थ्य संस्थामा सुत्केरी गराउने बढेको सिनियर.अनमी निरीक्षक सबिना बस्नेत खड्काले बताइन् । नियमित जाँच र सुरक्षित सुत्केरी सेवा लिनेको संख्या बढेसँगै महिलाहरु पनि सुरक्षित भएको पनि उनले बताइन् । तर अझै सोचेअनुरुप स्वास्थ्य संस्थामा नै महिलाहरु सुत्केरी नभएको पनि बस्नेतले बताइन् । । सुत्केरी हुँदा आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सुरक्षित हुनुको साथै प्रोत्साहन भत्ताको व्यवस्था भएकाले जिल्लाका विभिन्न सरकारी स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गर्ने बढेका हुन् ।

हाहामीसँग युटुबको च्यानल मार्फत जोडिन चाहनेले यो लिङकDikshannews Daily TV युटुवमा सर्च गरीsubcribes गर्न नविर्सनुस है ।

Shares

Be the first to comment on "दोलखामा सुरक्षित सुत्केरी गर्ने संङख्या बढ्यो"

Leave a comment

Your email address will not be published.


*