दोलखामा सार्वजनिक सवारी साधनका रुपमा कालो प्लेटका बोलेरोले सेवा दिने

चरिकोट(दीस)ः दोलखामा अब सार्वजनिक सवारी साधनका रुपमा कालो प्लेटका बोलेरोहरुले सेवा दिने भएका छन् । भद्रावती यातायात प्रालि मार्फत कालोप्लेटका बोलेरोहरुले सार्वजनिक सवारी साधनहरुले सेवा दिने भएका हुन् ।
आम दोलखालीलाई सेवा दिनको लागि भद्रावती यातायात सेवा प्रालिले कालो नम्बर प्लेटका बोलेरोहरु मार्फत सेवा दिने तयारी गरिरहेको कम्पनीका अध्यक्ष विक्रम थापाले जानकारी दिनुभयो । हाल पाँचवटा बोलेरोहरु सार्वजनिक यातायातमा दर्ता भई कालो नम्बर प्लेट लिई रुट इजाजत समेत लिइसकेको उहाँको भनाई रहेको छ । आगामी केही दिनबाट प्रतिकिलोमिटर भाडा निर्धारण गरी सेवा दिन सुरु गरिने भद्रावती यातायात प्रलिले जनाएको छ । यसअघि निजी प्रयोजनका लागि खरिद गरेका रातोप्लेट भएका बोलेरोहरुले चर्को भाडा लिनेगरेको स्थानीयहरुको गुनासो थियो । साथै सार्वजनी सवारी साधनहरुले रातो प्लेट भएका सवारी साधनले यात्रु बोक्दा त्यसको विरोध गर्ने गरेका थिए । सार्वजनिक सवारी साधनको रुपमा दर्ताभई बोलेरोहरुले सेवा दिँदा यात्रुहरुले निर्धारित भाडामा बोलेरो प्रयोग गर्न पाउने भएका छन् ।

Shares

Be the first to comment on "दोलखामा सार्वजनिक सवारी साधनका रुपमा कालो प्लेटका बोलेरोले सेवा दिने"

Leave a comment

Your email address will not be published.


*