दोलखामा साकोस एकरुपता प्रणाली अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न

चरिकोट  –नेफ्स्कून फिल्ड कार्यालय दोलखाको आयोजनामा चरिकोट दोलखामा २०७६ फागुन १ गते साकोस एकरुपता प्रणाली अर्धवार्षिक समीक्षा तथा आगामी कार्ययोजना निर्माण गोष्ठी सम्पन्न भएको छ । नेफ्स्कूनका संचालक तथा फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक जिवसराज खड्काको अध्यक्षता तथा नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेश सहकारी संघका सचिब भीम प्रसाद दहाल, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाई, जिल्ला बचत संघ दोलखाका अध्यक्ष भुमीराज खड्का लगायत फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा महालेखा नियन्त्रक गोपीप्रसाद मैनालीले सहकारीमा मुल्य सिद्धान्त र नेपालको अभ्यास विषयक प्रस्तुतीकरण गर्नुभएको थियो । नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले यस आ.वको अर्धवार्षिक समीक्षा तथा आगामी कार्ययोजना निर्माण गर्न सहजीकरण गर्नुभएको थियो । नेफ्स्कूनले दोलखा जिल्लालाई साकोस एकरुपता प्रणालीको नमुना जिल्ला छनौट गरि कार्यान्वयनको चरणमा रहेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले उत्पादनशिल क्षेत्रमा सहकारीले लगानी गर्न जोड दिनु भयो । नेफ्स्कूनका संचालक तथा फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक जिवसराज खड्काले साकोस एकरुपता प्रणालीको सुरुवात दोलखाबाट भएकोले सबै सहकारीलाई एकरुपतामा आवद्ध गराउने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा जिल्ला भरबाट ९५ जना सहकारीकर्मीको उपस्थिति रहेको थियो ।

 

Shares

Be the first to comment on "दोलखामा साकोस एकरुपता प्रणाली अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न"

Leave a comment

Your email address will not be published.


*