दोलखामा सवारी दुर्घटना : ३ बर्ष ५ महिनामा ५७ जनाको मुत्यु

इश्वर बिश्वकर्मा चरिकोट, पुस १७  जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाको तथ्याङ्क अनुसार दोलखामा ३ वर्ष ५ महिनाको अवधीमा १ सय भन्दा बढी सवारी दुर्घटनामा परेका छन् । दुर्घटनामा परि ५७ जनाको मुत्यु भएको छ । जसमा पुरुषको संख्या अधिक रहेको छ । ३८ जना पुरुषको सवारी दुर्घटना हुँदा मृत्यु भएको छ । १० जना महिलाको सवारी दुर्घटनामा ज्यान गएको छ । कतिपयले त अकालमै मृत्यु वरण गर्नुपरेको छ ।  ७ जना बालक र २ जना बालिका गरी ९ जना बालबालिकाको मृत्यु भएको छ । त्यस्तै ६४ जना पुरुष, १८ जना महिला, ४ जना बालक र ६ जना बालिका गम्भीर घाइते भएका थिए । भने ६९ पुरुष, ५० जना महिला, ९ जना बालक र ४ जना बालिका सामान्य घाइते भएका थिए । सवारी दुर्घटनाको पहिलो कारण सवारी चालक रहेको ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख एवं प्रहरी नायब निरीक्षक भानुभक्त नेपालले बताए ।  तिब्र गतिमा सवारी कुदाउनु, मदिरा सेवन गरी सवारी चलाउनु, निन्द्रामा हुनु, आँखाको समस्या, हतार गर्नु लगायत ट्राफिक नियम विपरित सवारी चलाउँदा दुर्घटना हुने गरेको छ । त्यस्तै पुराना र थोत्रा सवारी साधन चलाउनु र सडकको दुराबस्था लगायतका कारण सवारी दुर्घटना भएको हुने गरेको पाइएको छ ।

जिल्लामा आर्थिक वर्ष २०७४÷०७५ मा २९ वटा सवारी दुर्घटना परेका थिए । जसमा ३ वटा बस, ५ वटा ट्रक, २ वटा टिपर, जिपकार ६ वटा, मोटरसाइकल ६ वटा, ट्याक्टर ६ वटा र एक अन्य सवारी साधन दुर्घटनामा परेका थिए । उक्त आवमा सवारी दुर्घटनामा परि १७ जनाको मृत्यु भएको छ । जसमा पुस १२, महिला ३ र बालक २ जना रहेका छन् । १८ पुरुष, ६ महिला, २ बालक गरि २६ जना गम्भिर घाइते भएका थिए । ५ पुरुष, ७ महिला, १ बालक र १ बालिका गरि १४ जना सामान्य घाइते भए थिए । आर्थिक वर्ष २०७५÷०७६ मा ५ वटा बस, १ वटा माइक्रो, ३ वटा ट्रक, १ वटा टिपर, ३ वटा जिपकार, ३ वटा मोटर साइकल, ४ वटा ट्याक्टर, २ अन्य सवारी गरि २२ वटा सवारी साधन दुर्घटनामा परेका थिए । दुर्घटनामा परि १७ जना पुरुष, ५ जना महिला, ३ जना बालक, १ बालिका गरि २६ जनाको मृत्यु भएको छ । त्यसैगरि १० जना पुरुष, ७ जना महिला, १ जना बालक र ५ बालिका गरि २३ जना गम्भिर घाइते भएका थिए । त्यस्तै ३४ जना पुरुष, २९ जना महिला, ५ जना बालक, २ जना बालिका गरि ७० जना सामान्य घाइते भएका थिए । गत आर्थिक वर्ष २०७६÷०७७ मा ५ वटा बस, ५ वटा ट्रक, ४ वटा टिपर, ५ वटा जिपकार, ११ वटा मोटर साइकल, ३ वटा ट्याक्टर र अन्य सवारी २ वटा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परि ७ जना पुरुष, २ जना महिला, २ जना बालक र १ जना बालिका गरि १२ जनाको मृत्यु छ । त्यस्तै २७ पुरुष र १ बालिका गरि २८ जना गम्भिर घाइते भएका थिए । सामान्य घाइते १२ जना पुरुष, ६ जना महिला, २ जना बालक, १ जना बालिका गरि २१ जना सामान्य घाइते भएका जिल्ला ट्राफिक कार्यालय दोलखाले जनाएको छ ।

त्यस्तै चालु आवको साउन महिना देखि मंसिर महिनासम्मको अवधिमा २२ वटा सवारी दुर्घटनामा परेका छन् । दुर्घटनामा परि २ जना पुरुषको मृत्यु भएको छ साउनमा १ वटा ट्रक, १ वटा बस, ३ वटा कारजिप र ५ वटा मोटरसाइकल गरि १० वटा सवारी साधन दुर्घटना भएको थियो । उक्त र्दुघटनामा १ जना पुरुषको ज्यान गएको छ । त्यस्तै ३ जना पुरुष, २ जना महिला, १ बालक गरि ६ जना गम्भिर घाइते भएका थिए । भने १२ जना पुरुष, ७ जना महिला र १ बालक गरि २० जना सामान्य किसिमको घाइते भएका थिए । त्यस्तै भदौ महिनामा १ वटा कारजिप, २ वटा मोटरसाइकल गरि ३ वटा सवारी साधन दुर्घटनामा परेका थिए । सोही दुर्घटनामा कुनै मानविय क्षती ब्योहोर्नू परेको थिएन । भने ३ पुरुष र १ महिला गम्भिर घाइते भएका थिए । असोज महिनामा ५ वटा सवारी दुर्घटना भएको थियो । जसमा मोटरसाइकल ४ वटा र १ वटा कारजिप दुर्घटना भएको थियो । दुर्घटनामा मानविय क्षती भएन् । २ जना पुरुष गम्भीर घाइते भएका थिए । ५ जना पुरुष र १ महिला गरि ६ जना सामन्य घाइते भएका थिए । कार्तिक महिनामा १ वटा मोटरसाइकल दुर्घटना भएको थियो । जसमा १ जना पुरुष गम्भीर घाइते भएका थिए । मंसिर महिनामा २ वटा कारजिप र १ वटा मोटरसाइकल दुर्घटनामा परेका थिए । सो दुर्घटनामा १ जना पुरुषको मृत्यु भएको थियो । २ जना महिला गम्भीर घाइते भएका थिए । १ जना पुरुष सामान्य घाइते भएका थिए ।

दुर्घटना न्यूनिकरण गर्न यस्तो छ योजना

बुधबारदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाको प्रमुखको रुपमा धादिङबाट सरुवा भई आएका प्रहरी नायब निरीक्षक नेपालले आफ्नो कार्यकालमा दुर्घटना न्यूनिकरणको लागि कडा चेकजाँच र छड्के अनुगमनलाई प्रभावकारी बनाउने बताएका छन् । दुर्घटना सतप्रतिशत रोक्न त सकिदैन । तर न्युनिकरण गर्न र मानविय क्षती कम गर्न सकिन्छ । यसका निम्ति प्रहरी, चालक र समुदायको त्रिपक्षीय सहकार्य हुनुपर्ने उनको मत रहेको छ । “ प्रहरीले चाहेरमात्रै दुर्घटना न्यूनिकरण हुन सक्दैन । तर चालकले ट्राफिक नियमको पालना गरेमा अवस्य पनि सवारी दुर्घटना न्यूनिकरण गर्न सकिन्छ । “सडक सुरक्षालाई ध्यानमा राख्दै चालकहरुको स्वास्थ्य परिक्षण, समुदाय संग निरन्तर अन्तरक्रिया तथा सचेतना अभिबृद्धिका कार्यक्रमहरुलाई निरन्तरता दिइने उनले बताए ।

Shares

Be the first to comment on "दोलखामा सवारी दुर्घटना : ३ बर्ष ५ महिनामा ५७ जनाको मुत्यु"

Leave a comment

Your email address will not be published.


*