दोलखामा सवारी कारबाहिमा ३३ लाख ८३ हजार ५ सय राजस्व संकलन

ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ २९
दोलखामा आर्थिक बर्ष २०७५ को वैशाख मसान्तसम्ममा ३३ लाख ८३ हजार ५ सय राजस्व संकलन भएको छ ।
जिल्ला ट्राफिक कार्यालय दोलखाको तथ्याङ्क अनुसार दोलखामा ट्राफिक नियम उल्लङ्घन गर्ने ४५ सय १४ सवारीसाधन कारबाहि गर्दा आर्थिक बर्षको बैशाख मसान्तसम्ममा ३३ लाख ८३ हजार ५ सय राजस्व संकलन भएको हो । जसमा ट्रक १२ सय ९१ कारबाहीबाट ९लाख ३६ हजार संकलन भएको छ । त्सस्तै बस ४ सय ५८ वटा कारबाहीबाट ३ लाख ५२ हजार ५ सय संकलन भएको छ । कारजीप ९ सय ७६ वटा कारबाहीबाट ७ लाख ६६ हजार राजस्व संकलन भएको छ । ट्याक्टर ४ सय १६ कारबाही गरिएको थियो । जसबाट ३ लाख १७ हजार राजस्व संकलन भएको थियो । १३ सय ३२ मोटर साइकल कारबाहीबाट १० लाख ११ हजार ५ सय राजस्व संकलन भएको छ । जसमा मोटर साइकल कारबाहीबाट सबैभन्दा बढी राजस्व संकलन भएको प्रहरी जवान जगदिश कार्कीले जानकारी दिए ।
२०७५ को साउन महिनामा ३०५ सवारी कारबाही गरिएको थियो ।त्यसै गरी भदौ महिनामा ४ सय ६७ सवारीलाई कारबाही गरिएको थियो ।असोज महिनामा ४ सय ९० सवारी कारबाही गरिएको थियो । त्यसैगरी कार्तिक महिनमा ५ सय ५० सवारी कारबाहीमा परेका थिए । मंसिर महिनामा ४ सय २६ सवारी कारबाहीमा परेका थिए । पुस महिनामा ४ सय ७७ सवारी कारबाही परेका थिए । माघ महिनामा २ सय ८९ सवारी कारबाहीमा परेका थिए । फागुन महिनामा ४ सय ५२ सवारी कारबाहीमा परेका थिए । चैत्र महिनामा ४ सय २४ सवारी कारबाहीमा परेका थिए ।
बैशाख महिना भने १ सय ३१ ट्रक कारबाही गरिएको थियो । जसबाट ९५ हजार राजस्व संकलन गरिएको थियो । त्यसैगरि ९७ बस कारबाहीबाट ४४ हजार ५ सय राजस्व संकलन भएको थियो । १ सय ३० जीप कारबाहीबाट १ लाख ७ हजार ५ सय संकलन गरिएको थियो । गरिएको थियो । ६१ ट्याक्टर कारबाहीबाट ४७ हजार ५ सय राजस्व संकलन भएको थियो । १ सय ५१ मोटर साइकल कारबाहीबाट १ लाख १६ हजार ५ सय राजस्व संकलन भएको थियो ।

Shares

Be the first to comment on "दोलखामा सवारी कारबाहिमा ३३ लाख ८३ हजार ५ सय राजस्व संकलन"

Leave a comment

Your email address will not be published.


*