दोलखामा सयभन्दा बढी स्वतन्त्रको शून्य मत

बाबुराम शर्मा ÷चरिकोट – स्थानीय तहको सम्पन्न निर्वाचनको अन्तिम परिणाम अनुसार दोलखामा सयभन्दा बढी स्वतन्त्र उम्मेदवारले एक मत पनि पाएका छैनन् । जिल्लामा स्वतन्त्रबाट विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका मध्ये नगरप्रमुख दुई जना,पालिका अध्यक्ष नौ जना, उपाध्यक्ष एक जना, वडाध्यक्ष ७० जना र २३ वडा सदस्य गरी एक सय पाँच जना स्वतन्त्र उम्मेदवारले एक मत पनि नपाएको निर्वाचन कार्यालय दोलखाका सूचना अधिकारी विशाल केसीले जानकारी दिनुभयो ।उहाँँका अनुसार भीमेश्वरमा नगरप्रमुख दुई,तीन जना वडाध्यक्ष र वडा सदस्य एक जना गरी छ जना,जिरी नगरपालिकामा वडाध्यक्ष दुई जना, कालिञ्चोक गाउँपालिकामा पालिका अध्यक्ष दुई जना,वडाध्यक्ष एक जना र तीन जना वडा सदस्य गरी छ जनाले एक मत पनि पाएनन् । त्यसै गरी एक मत पनि नपाउनेमा गौरीशङकरमा गाउँपालिका अध्यक्ष दुई जना,वडाध्यक्ष २३ जना,वडा सदस्यमा एक जना गरी २६ जना,तामाकोशी गाउँपालिकामा १५ जना वडाध्यक्ष र वडा सदस्य १३ जना गरी २८ जना, मेलुङ गाउँपालिकामा पालिका अध्यक्ष दुई जना, उपाध्यक्ष एक जना, वडाध्यक्ष नौ जना गरी १२ जना,बिगु पालिका अध्यक्ष तीन जना र वडाध्यक्ष तीन जना गरी छ जना,वैतेश्वर गाउँपालिकामा दुई जना पालिका अध्यक्ष,सात जना वडाध्यक्ष वडा सदस्य गरी १० जना र शैलुङ गाउँपालिकामा सात जना वडाध्यक्ष एक जना वडा सदस्य गरी ८ जना रहेका छन् ।

Shares

Be the first to comment on "दोलखामा सयभन्दा बढी स्वतन्त्रको शून्य मत"

Leave a comment

Your email address will not be published.


*