दोलखामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम शुरु

चरिकोट ः ‘हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नारासाथ शान्तिसुरक्षा, समृद्धि र स्थायित्वका लागि नेपाल प्रहरीले ल्याएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको दोलखामा आइतबारबाट शुभारम्भ गरिएको छ । प्रहरीले स्थानीय तह, समुदाय, सामाजिक सङ्घसंस्था तथा विद्यालयसँग साझेदारी रहने गरी देशभर एकैसाथ उक्त कार्यक्रम शुभारम्भ गरेको हो । अपराध रोकथाम, सामाजिक विकृति विसङ्गतिविरुद्ध जनचेतना फैलाउने, सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि गर्ने उद्देश्यका साथ सो कार्यक्रम शुरु गरिएको हो । जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले सदरमुकाम चरिकोटमा कार्यक्रमको  उद्धघाटन गरे । यो अभियानले जनताको सुरक्षामा सहयोग पुग्ने उनले विस्वास व्यक्त गरे । प्रमुख जिल्ला सागरमणी पाठकले यो एकृकित कार्यक्रम भएकोले यस्ता निरन्तरता पाउने बिस्वास व्यक्त गरे । भीमेश्वर नगरपालिकाकी उपमेयर कमला बस्नेतले प्रहरीको यो अभियानलाई नगरपालिकाले सहयोग गर्ने बताइन ।
स्थानीय तह विद्यालयसँग साझेदारी कार्यक्रम अन्तर्गत आइतबार नै दोलखाको कालिन्चोक गाँउपालिका र प्रहरी बिच कार्यक्रमको हस्ताक्षर भएको छ । गाउँपालिका प्रमुख विन कुमार थामी र दोलखाका प्रहरी प्रमुख पाठक विच हस्ताक्षर भएको छ ।
कार्यक्रमअन्तर्गत केन्द्रीयस्तरदेखि गाउँतहसम्मै साझेदारी संरचना निर्माण गरिनेछ । अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतनासहित समुदाय केन्द्रित कार्यक्रम सञ्चालन भएको दोलखाका प्रहरी प्रमुख बासुदेव पाठकले जनाकारी दिए । । “नयाँ अभियानलाई दिगो र दीर्घकालीन बनाउने लक्ष्यसहित स्थानीय तहलाई प्रमुख साझेदार बनाईएको प्रहरी प्रमुख पाठकले बताए।


यस्तो छ तथ्याङ्क
तथ्याङ्कमा ४० प्रतिशत जनसङ्ख्या विद्यालय क्षेत्रसँग सम्बद्ध छ । अपराधमा १६–२५ वर्षका बढी संलग्न छन् । त्यस्तै १८ वर्षमुनिका बालबालिका बलात्कारको शिकार भएका छन् । त्यसैले साझेदारी कर्याक्रम विद्यालयसँग जोड्न लागिएको पाठकले बताए । भयमुक्त समाज, गुणस्तरीय शिक्षा, अपराध एवं हिंसाबाट सुरक्षा, शान्ति र स्थायित्व कायम गर्ने कार्यक्रमको लक्ष्य हो । अभियान सफल पार्न टोलटोलमा प्रहरी, नागरिकमैत्री प्रहरी सेवा, समुदाय र विद्यालय सचेतना कार्यक्रम एकसाथ चलाइनेछ । स्थानीय तहसँगको समन्वयमा विद्यालयमा समेत सामुदायिक सुरक्षा पाठ्यक्रम बनाएर लागू गरिनेछ । कार्यक्रममा ७५३ स्थानीय तहसँग समन्वय गरिनेछ । दश हजार सामाजिक संस्था, ७५ लाख विद्यार्थी, ३६ हजार विद्यालय, चार लाख शिक्षक, ७५ हजार प्रहरी र ४० लाख अभिभावक प्रत्यक्ष संलग्न गराइने जनाइएको छ । विगतका कार्यक्रमभन्दा यसपटक फरक परिणाममुखी काम गर्ने प्रहरीको योजना छ ।

यस्ता छन् गर्ने काम

कार्यक्रमले सुरक्षा समन्वयमा महत्वपूर्ण भूमिका खेल्नेछ । यसका लागि विभिन्न १२ वटा प्राथमिकता क्षेत्र छुट्याइएको छ । विद्यालयका लागि १० प्राथमिकता क्षेत्र तोकिएको छ । मुख्यतः प्रहरी विद्यालय सम्पर्क कार्यक्रम, सामुदायिक सचेतना र अपराध रोकथाम, सूचना सङ्कलन र आदानप्रदान गर्नेछ । त्यस्तै यसले प्राकृतिक सम्पदाको दोहन नियन्त्रण, वातावरण संरक्षण, विपद् व्यवस्थापन, साइबर अपराध नियन्त्रण, सुरक्षा उपकरण विस्तार, सामाजिक विकृति तथा बेचबिखन नियन्त्रणमा भूमिका खेल्नेछ । पर्चा–पम्प्लेट वितरण गर्नेदेखि घरघरमा पुगेर जानकारी गराइनेछ । अप्ठ्यारो पर्दा कहाँ सम्पर्क गर्ने भन्ने जानकारीसमेत संयन्त्रमार्फत नै हुने प्रहरी प्रमुख पाठकले बताए । प्रशिक्षण, सामुदायिक गस्ती, अन्तरक्रिया, एकीकृत स्वयंसेवक परिचालन, सूचना आदानप्रदान, सार्वजनिक सुनुवाइलगायत कार्यक्रम सञ्चालन गरिनेछ ।

Shares

Be the first to comment on "दोलखामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम शुरु"

Leave a comment

Your email address will not be published.


*