दोलखामा सञ्चालित अवैद्य क्रसर उद्योगहरु बन्द

दीक्षण समाचार
चरिकोट, पुस २८
दोलखामा अवैद्य रुपमा सञ्चालित क्रसर उद्योगहरु बन्द भएका छन् । गृह मन्त्रालयको निर्देशनपछि जिल्ला समन्वय समितिले अवैद्य क्रसर उद्योगहरु बन्द गराएको हो । समितिका प्रमुख बर्जुराम घतानीले हालसम्म ६ वटा क्रसर उद्योगमा स्थलगत अनुगमन गरिएकामा सबै मापदण्ड विपरीत रहेको पाइएपछि बन्द गराइएको छ । ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा निकासी व्यवस्थापन सम्बन्धी मापदण्ड पूरा नगर्ने सम्पूर्ण क्रसर उद्योगहरु बन्द गराइने उहाँले बताउनु भयो । अवैद्य क्रसर उद्योगहरु खोजी खोजी बन्द गराउने कार्य भइरहेको उहाँले बताउनु भयो ।
अवैद्य क्रसर उद्योगहरुले प्राकृतिक सम्पदा र सौन्दर्यको विनाश गरिरहेका छन् । त्यस्ता उद्योगहरुले नदीजन्य सम्पदाको अनियन्त्रित दोहन गर्ने गरेको गरेका छन् । जसले गर्दा बाढीपहिरो, भुक्षय र डुबान कटान जस्ता प्राकृतिक विपतिहरु बढीरहेको छ । यसलाई न्यूनीकरण गर्न अवैद्य क्रसर उद्योग बन्द गराउन सुरु गरिएको जिसस प्रमुखको भनाई छ ।
प्राकृतिक स्रोतमा माथीको अवैद्य उत्खनन् तथा निकासी रोक्न गृह मन्त्रालयको परिपत्र बमोजिम आफूहरुको समूह सक्रिय भएको उहाँले बताउनु भयो । जिसस प्रमुख घतानीले उद्योगीहरुलाई दुःख दिने नियत नभई मापदण्ड पालना गराउने भूमिका वहन गरिएको बताउनु भयो । उहाँले अवैद्य उद्योग जुनसुकै हालतमा पनि बन्द गराइने र प्रक्रिया पूरा गर्ने उद्योगलाई सञ्चालनमा कुनै अवरोध नगरिने बताउनु भयो ।

Shares

Be the first to comment on "दोलखामा सञ्चालित अवैद्य क्रसर उद्योगहरु बन्द"

Leave a comment

Your email address will not be published.


*