दोलखामा सजिलो छैन सहकारी एकिकरण

अनिल दहाल
जिल्ला सहकारी संघ लिमिटेड दोलखामा कुल सहकारी संख्याको तथ्याङक हेर्ने हो भने कुल सहकारी संस्थाको संख्या ५२३ रहेको छ । पछिल्लो सहकारी संस्थाको अवस्था हर्न हो भने फेरी ५२३ सहकारी मध्ये २१ वटा सहकारी एक आपसमा मर्जर भएर जम्मा ५०२ मा आएको छ । अझै कति सहकारीले त मर्जरको काम सम्पन्न गरेका छन तर एकिकरणको पत्र ल्यएका छैन । जब प्रदेश सहकारी नियमावली आयो तब सहकारी मर्जरले गति लियो तर स्थानिय स्तरमा भने सहकारी दर्ताको प्रक्रिया र स्थानिय सरकारले भने सहकारी संस्था भटाभट दर्ता गर्दै छन् । सहकारी विभाग अब सहकारी दर्ता गर्नु हुन्न र भएका सहकारीलाई एक आपसमा एकिकरण गरेर गुणस्तर सेवा दिनु पर्छ भन्ने आवाज छ तर स्थानिय सरकारले सहकारी दर्ता गरेको छ । यस दर्ता प्रक्रियामा विभागले स्थानिय तहलाई जानकारी पनि दिएको छैन ,सहकारी विभागको आदेश पाए दर्ता रोक्न र भएका सहकारी एक आपसमा मर्जर गराई गुणस्तर सेवामा जानु पर्छ भन्नु हुन्छ “बैतेश्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्य । अब भएका सहकारीबाट गुणस्तर सेवा दिने कि थप सहकारी दर्ता गर्ने कि , सहकारी किन एक आपसमा मर्जर हुन सकेका छैन भन्ने प्रति प्रश्न अहिले रहेको छ । यो अहिले बहसको बिषय बनेको छ ।

सहकारी संस्थामा एकिकरणको आवश्यता किन ?

दोलखा जिल्लामा सहकारी एकिकरण को आवश्यक हो कि होइन भन्नु भन्दा पनि जिल्लालाई ५०२ सहकारी आवश्यक हो कि होइन भन्ने प्रश्न उठ्छ । जिल्लामा ५०२ सहकारी छन् र ९ वटा स्थानिय तह छन् । प्रत्येक स्थानिय तहरुमा राम्रो सहकारी पनि छन् । ति सहकारी कसरी राम्रा भए त किन अरु सहकारी राम्रा बन्न सकेनन् । प्रत्येक स्थानिय तहमा सदर ३० को हारहारीमा सहकारी छन् राम्रा पनि छन् । दोलखामा ३ वटा सहकारी जनसचेतन , मिलिजुली तथा जनकल्याण सहकारी देश कै राम्रा सहकारीको रुपमा स्थापति भएका छन् । देशका ३ दर्जन सहकारीले बान्ड्र प्रात्त गर्दा दोलखाका सहकारी पनि त्यसमा अटेका छन् । अरु सहकारीले पनि दोलखामा आफ्नो गुणस्तर कायम गरेका छन् ।

स्थानिय तहमा समान रुपमा चाहि सहकारी छैनन् । जिल्लामा बचत तथा ऋण सहकारीकै बहुल्यात छ । यसको मतलब सबै नाफामुखी सहकारी छन् । जिल्लाको सहकारी अभियानलाई सदस्यमुखी, रोजगारमुखी ,सदस्यको स्तर उन्नतिको लागि र गुणस्तरीय सेवामा पनि सहकारी संस्था मर्जरमा जानु परेको जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईको भनाई छ ।

जिल्लाको सहकारी अभियानलाई मर्जर किन गर्नु पर्छ भने सहकारीहरुको प्रशासनिक खर्च कस्ट अफ फन्ड समेत धैरै छ । यसलाई कम र नियन्त्रण गर्न पनि अब जिल्लाका सहकारीहरु मर्जरमा जानु आवश्यक पर्छ । त्यस्तै यो मर्जरको अभियानमा पनि स्थानिय तहले पनि पहल गर्नुपर्छ यसले सबै सहकारी संस्थाकै लागि फाइदाको कुरा हो र स्थानिय तहले यस कार्यमा कडाईका साथ पहल पनि गर्न पर्छ । अबको सहकारी अभियानको दिसा भनेको निति,विधि र प्रविधि युगको हो र अबका दिनमा सहकारीले डिजिटल युक्त प्रविधिमा जोड दिनु पर्छ ।सहकारी संस्थामा कारोबार गर्दा डिजिटले प्रविधिमा हुन आवश्यक छ । यस्तो गर्न जिल्लामा रहेका सहकारी साना ठूला सहकारी एक भएर अघि जान आबश्यता छ । साना सहकारीलाई निति ,विधि र प्रविधिमा जान पनि गारो हुन्छ त्यो कार्य गर्न सक्दैन्न । सक्कने भएत २१ वटा सहकारी मर्जर भएर किन एक हुन्थे त । साना सहकारीलाई त मर्जरमा जानुको विकल्प रहेको सरोकारवालाहरुको भनाई छ ।

सजिलो छैन सहकारी एकिकरण

जिल्लामा सहकारी एकिकरणको विषयमा उठाउन जति सजिलो छ त्यसलाई कार्यान्वयनमा जान भने निकै कठिन छ । किनभने सहकारीहरु आफै एकिकरणकामा जान चाँहदैनन् । जिल्लामा सहकारी मर्जरको विषयमा निकै प्रयास नभएको होइन । सङघीय सहकारी विभागले सहकारी मर्जरको निर्देशिका जारी गरेको थियो । तर सहकारी संञ्चालकहरुले यस निर्देशिकालाई आजसम्म प्रभावकारी रुपमा कार्यान्वयनमा आउन सकेको छैन । अबको सहकारी एकिकरण सरकार र स्थानिय तहले दबबामूलक नै गर्नु पर्न आवाज आइरहेका छन् । यता सहकारीलाई फोर्स मर्जरमा लैजान कहीँकतै बाध्यकारी व्यबस्था नभएको तर सहकारी संस्थाहरुलाई प्रोत्साहानमा तरिकाले मर्जरमा लैजान सकिने छ । हाल जिल्लामा सहकारी मर्जर मा एकै चोटी १० वटा सहकारी मर्जर गरेर दोलखा जिल्लाको मिलिजुलि कालिञ्चोक बचत तथा ऋण सहकारीले पहिलो चोटी प्रमाण पत्र लिया । निकै दुख कष्ट सहदै सहकारी संस्था एकिकरण सम्पन्न भएको बताउँनछन् मिलिजुलि कालिञ्चोक साकोसका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपाने ।त्यसैगरी जिरी नगरपालिकामा रहेको एकिकृत फ्रेणसिप बचत तथा ऋण सहकारीले पनि सहकारी संस्था मर्जर गरेको छ । उक्तm साकोसले पनि ११ वटा सहकारी मर्जर गरेको छ । हाल अन्य सहकारीहरुले पनि गरेका छन तर मर्जरको प्रमाण पत्र ल्याएका छैन ।

Shares

Be the first to comment on "दोलखामा सजिलो छैन सहकारी एकिकरण"

Leave a comment

Your email address will not be published.


*