दोलखामा संक्रमित हुने भन्दा निको हुने धेरै

दीक्षण समाचार
चरिकोट, भदौ १०
दोलखामा बिहीबार २१ जना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्तहरुमा भीमेश्वर नगरपालिकामा एक पुरुष र दुई महिला, विगु गाउँपालिकामा तीन पुरुष र चार महिला, शैलुङमा दुई पुरुष र एक महिला, मेलुङगाउँपालिकामा पाँच पुरुष र तीन महिला निको भएका हुन् । बिहीबारै ६० जनाको नमुना स्वाब एन्टिजेन परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जसमा भीमेश्वर नगरपालिकामा एक, एक महिला, जिरी नगरपालिकामा चार पुरुष र दुई महिला, गौरीशंकर गाउँपालिकामा एक महिला, विगु गाउँपालिकामा एक पुरुष र मेलुङगाउँपालिकामा दुई महिला रहेका छन् । आज थपिएका संक्रमित सगैँ जिल्लामा कुल संक्रमितको संख्या तीन हजार तीन सय ४९ पुगेको छ । त्यसैगरी सक्रिय संक्रमितको संख्याम तीन सय ४८ रहेको छ । एक हजार ३ सय १० जना निको भएका छन् । सक्रिय संक्रमित मध्ये १० जना अस्पतालमा र तीन सय ३८ जना होम आइसोलेनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा संक्रमित हुने भन्दा निको हुने धेरै"

Leave a comment

Your email address will not be published.


*