दोलखामा शान्तिपूर्ण चाडपर्वका लागि प्रहरीले सक्रियता बढाउँदै

दीक्षण समाचार
चरिकोट, असोज ६
जिल्ला प्रहरी कार्यालय दोलखाले दशैँ र तिहारमा शान्तिसुरक्षा र अमनचयन कायम राख्न सक्रियता बढाएको छ । चाडपर्वमा हुन सक्ने उच्छृङ्खल र अपराधिक गतिविधि रोकथाम तथा नियन्त्रणका कार्यालयले विशेष योजना अनुसार सक्रियता बढाएको हो ।
कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक राजेश सिग्देलले चाडपर्वलाई सुरक्षित, व्यवस्थित र शान्तिपूर्ण बनाउन चाडपर्व लक्षित सुरक्षा योजना बनाइएको बताउनु भयो । चाडपर्वमा चोरीडकैती, लुटपाट, झैझगडा, तस्करी, सवारी दुर्घटना, कालाबजारी, हिंसात्मक घटना लगायतका अपराधिक गतिविधि हुने सम्भावना प्रबल हुने कुरालाई मध्यनजर गर्दै प्रहरीको सक्रियता र उपस्थिति बढाइने प्रहरी निरीक्षक सिग्देलले सुनाउनु भयो ।
दशैँ आउन १३ दिन बाँकी रहँदा बिस्तारै गाउँसहरमा चहलपहल बढिरहेको छ । अबको केहि दिनपछि छपक्कै दशैँ लाग्छ । यस्तो बेला सुरक्षा व्यवस्थापन चुस्त र प्रभावकारी बनाउन आवश्यक हुन्छ । यसैलाई दृष्टिगत गरी चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयन गरिएको र गत वर्षको झैँ यो वर्षको दशैँ पनि शान्तिपूर्ण बनाउन प्रहरीको ध्यान प्रशस्तै गएको प्रहरी निरीक्षक सिग्देलको भनाइ छ ।
उहाँका अनुसार चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनको क्रममा बिहीबार सदरमुकाम चरिकोटमा यात्री सहायता कक्ष स्थापना गरिएको छ । यातायातका साधनमा ठगी तथा दुव्र्यवहारको घटना रोकथाम तथा नियन्त्रणका लागि कक्ष स्थापना गरिएको हो । उहाँले छिट्टै जिल्ला भित्रिने मुख्य नाका किर्ने र खरिढुंगामा पनि यात्री सहयाता कक्ष स्थापना गरिने सुनाउनु भयो । चाडबाडको मौका पारी यात्रुसँग तोकिएभन्दा अतिरिक्त भाडा लिने, दुव्र्यवहार गर्ने, यात्रुलाई तानातान गर्ने तथा गन्तव्यसम्म नपु¥याउने लगायतका गतिविधि रोक्न यात्री सहायता कक्ष स्थापना गर्न लागिएको हो ।

Shares

Be the first to comment on "दोलखामा शान्तिपूर्ण चाडपर्वका लागि प्रहरीले सक्रियता बढाउँदै"

Leave a comment

Your email address will not be published.


*