दोलखामा विप्लब नेकपाको गतिविधि बढ्यो,स्थानीय भन्छन्ः “द्वन्द्वकालिन झल्को आयो”

दीक्षण समाचार
चरिकोट, ७ माघ
नेपाल कम्युनिष्ट पार्टी विप्लब समूहको गतिविधि गाउँगाउँमा बढेको छ । समूहमा आउने, क्रान्ति पूरा गर्ने मिठा कुरा गर्ने र स्थानीय जम्मा गर्ने भाषण गर्ने गतिविधि बढेको स्थानीयहरुको भनाई छ । ४०÷५० जनाको समूहमा आउनेहरुले घर घरमा आएर खाना बनाउँन लगाउने गर्छन् ।
जनप्रतिनिधिहरुलाई राजिनामा गर्न र आफ्नो नयाँ सत्तालाई सहयोग गर्न समेत दबाब दिंदै आएको जनप्रतिनिधिहरुको गुनासो छ । उस्तै खाल्को ड्रेस लगाएर हिड्ने र समूहमा ठूलो संख्यामा खाना बनाउन लगाउँने र बास दिनु पर्ने जस्ता कारण १३ वर्ष अघिको द्वन्द्वकालिन झल्को दिएको स्थानीयहरुको गुनासो छ ।
एक महिनायता विप्लव माओवादीको गतिविधि गाउँ गाउँमा बढेको स्थानीयहरुको भनाई छ । अर्धभूमिगत शैलिमा आफ्नो गतिविधि बढाइ रहेको सो पार्टीले गाउँ गाउँमा बढेको गतिविधिले स्थानीयस्तरमा फेरि पुरानै द्वन्द्व सुरु हुने हो कि भन्ने आशंका जन्माएको छ । “गाउँमा देखिएको गतिविधि हेर्दा २०५५÷५६ को तत्कालिन माओवादीको स्थिति देखिन्छ” कालिञ्चोक गाउँपालिका वडा नं. २ का एक शिक्षकले भने “खाना खुवाउन र चन्दाका लागि बढी जनप्रतिनिधिहरुलाई बढी दबाब छ ।”
विप्लब समूहको कालिञ्चोक गाउँपालिका, शैलुङ गाउँपालिका र मेलुङ गाउँपालिकामा बढी देखिएको स्थानीयहरुको भनाई छ । नेकपा विप्लब पार्टीका दोलखा जिल्ला इन्चार्ज यादब दाहालले अहिले पार्टी सुदृढीकरण र विस्तार अभियान चलिरहेको जानकारी दिए ।
उनले अभियान अन्र्तगत पार्टीको स्थानीय कमिटि गठन, राज्य सत्ताले गरेका भष्टाचार, अनियमितताको भण्डाफोर, सहिद परिवार भेटघाट, कोण सभा, भेला बैठक जस्ता कार्यक्रम अभियानमा भएको बताए । पहिलो चरणको अभियान पूरा हुन लागे तापनि फेरि केही दिनमै अर्काे अभियान सुरु हुने उनले बताए ।
अभियानमा नयाँ युवाहरु थपिने क्रम बढे तापनि कसैलाई दुःख दिने र जबरजस्ती गर्ने काम आफ्नो पार्टीले नगरेको बताए । संगठन निर्माण र पार्टीको अभियान सबै स्थानीय तहमा चल्ने उनले जानकारी दिए ।

Shares

Be the first to comment on "दोलखामा विप्लब नेकपाको गतिविधि बढ्यो,स्थानीय भन्छन्ः “द्वन्द्वकालिन झल्को आयो”"

Leave a comment

Your email address will not be published.


*