दोलखामा विद्युत प्राधिकरणको कार्यालय अगाडि दिउँसै बालियो राँको र टुकी

दीक्षण समाचार
चरिकोट, असार १६
नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रको कार्यालय अघि बिहीबार प्रर्दशन गरिएको छ । जिल्लामा विद्युत आपूर्ति अनियमित हुन थालेपछि केन्द्रको कार्यालय प्राङ्गणमा स्थानीयले दिउँसै राँको र टुकी बालेर प्रर्दशन गरेका हुन् ।
विद्युत आपूर्ति अनियमित हुँदा उपभोक्ता मारमा परेको भन्दै सांकेतिक रुपमा विरोध प्रदर्शन गरिएको नागरिक अगुवा चिरञ्जीवी मास्केले बताउनुभयो । विद्युतको हव भएको जिल्लामा नागरिकहरू विद्युत आपूर्ति नहुँदा टुकी र राँकोको युगतिर फर्किन पर्ने अवस्था आएको भन्दै त्यसको विरोधमा प्रदर्शन गरिएको हो । पटक पटक विद्युत गएको कारण बाध्य भएर सांकेतिक विरोध गरेकाे नेपाल पत्रकार महासँघका केन्द्रीय सदस्य रमेश खतिवडाले बताउनु भयो । प्राधिकरणको कारण बर्षेनी आन्दोलन गर्नु परेको उहाँको भनाई रहेको छ ।नागरिक अधिकार कर्मी होम पाठकले प्राधिरणसँग सुलभसेवाको माग गरिएको बताउनु भयो । कालिञ्चोक एफ.एमका अध्यक्ष दीपक बस्नेतले विद्युत अनिमित हुँदा सञ्चार क्षेत्रले हैरानी खेप्नु परेको सुनाउनु भयो । नेपाल पत्रकार महासंघ दोलखाका उपाध्यक्ष श्रृजन कुमार घिमिरे, अधिकारकर्मी होम पाठक, उद्योग वाणिज्य संघ महासचिव विमल श्रेष्ठ, चेम्बर अफ कमर्शका महासचिव पाण्डव पाण्डे, फेन्सी व्यवसायी संघका अध्यक्ष कृष्ण श्रेष्ठ, नागरिक अगुवाहरू दीपक बस्नेत र अर्जुन कार्की लगायत प्रर्दशनमा सहभागी थिए । बिहीबारै कार्यालय प्रमुख मेघनाथ ढकाललाई ज्ञापनपत्र बुझाइएको छ । प्रमुख ढकालले धेरै आयोजनाहरूको बिजुली जोडेकोले ट्रिप हुँदा बत्ती काटिने समस्या भएको र समाधानका लागि प्राधिकरणले काम गरिरहेको बताउनुभयो । ढकालले विगतको भन्दा विद्युतमा सुधार आएको बताउनु भयो । प्राधिकरणले हाल रहेको समस्या समाधान गर्न प्रयास गरिरहेको उहाँले बताउनु भयो ।

Shares

Be the first to comment on "दोलखामा विद्युत प्राधिकरणको कार्यालय अगाडि दिउँसै बालियो राँको र टुकी"

Leave a comment

Your email address will not be published.


*