दोलखामा विद्युत चोरी नियन्त्रण गर्दै नेपाल विद्युत प्राधिकरण

इश्वर बिश्वकर्मा चरिकोट,— नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्रले दोलखा विद्युत चोरी नियन्त्रण अभियानमा सक्रियता बढाएको छ । विद्युत चोरी गर्नु अपरोध भएकोले यस्तो अपराध जिल्लामा हुन नदिन केन्द्रले अनुगमन र कारबाहीलाई तीव्रता दिएको हो । बिद्युत चोरी नियन्त्रण नियमावली २०५९ अनुसार जिल्लामा अभियान सञ्चालन भईरहेको केन्द्रका प्रमुख मेघराज ढकालले बताउनुभयो । अभियान अन्तर्गत प्राधिकरणको टोलीले अनुगमन गर्ने र त्यसक्रममा विद्युत चोरी गरेको पत्ता लागेमा चोरीको विजुलीबाट चलाइएको सामाग्री जफत गरी व्यक्तिलाई पक्राउ गरिने उहाँले बताउनुभयो । “ जिल्लामा हुकिङ, बाइपास गरी विद्युत चोरी हुने गरेको छ । यसलाई नियन्त्रणको लागि हामी सक्रिय भएका छौँ । अनुगमनको क्रममा विद्युत चोरी गरेको पाइए चोरीमा संलग्नलाई कारबाही गछौँ ।” उहाँले भन्नुभयो । यसैबीच बुधबार विद्युत चुहावट नियन्त्रणमा गएको टोलीले शैलुङ गाउँपालिका–३ मागापौवामा विद्युत हुकिङ गरेर सिंचाई गरिरहेको अवस्थामा ० दशमलब ७५ एचपी क्षमताको पानी तान्ने मोटर जफत गरेको छ । विद्युत चोरीमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याइएको केन्द्रका प्रमुख ढकालले बताउनुभयो ।
जिल्लामा मिटर रिडिङ गरेको ६० औं दिनसम्म ग्राहकले विद्युत महशुल नतिरेपछि जिल्ला प्राधिकरणले त्यस्ता ग्राहकको लाइन काटेर कारबाही गर्ने कार्यलाई जारी राखेको छ । हालसम्म एक सय २० जनाको लाइन काटिसकिएको र आठ लाख बक्यौता रकम असुल गरिसकेको छ । बक्यौता रकम तिर्ने ग्राहकको पुनः लाइन जोडिएको छ । लाईन काटिएका ग्राहकले ६ महिना सम्म जरिवाना सहित बक्यौता बुझाउन नआएमा स्वतः कालो सुचिमा राखिने र उक्त ग्राहकको तीन पुस्ते सहितको देशैभर जहाँसुकै जडान भएको बिजुली कटौती हुने र सरकारी बाँकी सरह असुल उपर गरिने प्राधिकरणले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा विद्युत चोरी नियन्त्रण गर्दै नेपाल विद्युत प्राधिकरण"

Leave a comment

Your email address will not be published.


*