दोलखामा विदेश तथा संक्रमित जिल्लाबाट आएका व्यक्तिले क्वारेन्टिनमा बस्नु पर्ने

चरिकोट(दीस) –दोलखामा विदेश तथा संंक्रमित जिल्लाबाट आएका व्यक्तिले १४ दिन अनिबार्य क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र दोलखाको बैठकले सो निर्णय गरेको हो । त्यसैगरी बैठकले विदेशबाट नेपाल आउने र जिल्लाका बिभिन्न पालिका भित्र बसोबास गर्ने बासिन्दाहरु पालिका÷वडा कार्यालयको सिफारिसमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग सहजिकरण गरी आगमनको अनुमति दिने निर्णय गरेको छ। बैठकले बिभिन्न क्षेत्रमा निषेधाज्ञा पनि गरेको छ । बैठकले शैक्षिक संस्थाहरु विद्यालय, कलेज, ट्युसन सेन्टर र तालिम केन्द्र सञ्चालन गर्न प्रतिबन्ध गरेको छ । त्यसैगरी सबै प्रकारका सभा गोष्ठी, तालिम सेमिनार, सिनेमा हल, पार्टि प्यालेस, मनोरन्जन स्थल, समुहमा खेलिने खेलकुद र खेल प्रस्तुती प्रदर्शनी, पुस्तकालय सञ्चालन गर्न निषेध गरेको छ । त्यसैगरी खुल्ला स्थानमा मानिसहरु भेला हुन, भिडभाड गर्न, सभा जुलुस आदि गर्न गराउन, भिडभाड हुने गतिविधि जस्तै जात्रा, महोत्सव, भोजभतेर आदी सञ्चालन गर्न गराउन निषेध गरेको छ । मठमन्दिर, चर्च लगायतका धार्मीक तथा साँस्कृतिक स्थलहरुमा दैनिक नित्य पुजा बाहेकका गतिविधि सञ्चालन गर्न, बढि भिडभाड हुने उद्योग, कलकारखाना, व्यापार व्यवसाय अन्र्तगतका स्वास्थ्य मापदण्डका विपरित हुने क्रियाकलाप गर्न, चाडपर्व लगाएतका धार्मीक साँस्कृतिक तथा सामाजिक कार्य गर्नका लागी हुने जमघट गर्न निषेध गरेको छ । त्यसैगरि उद्योग, व्यापार व्यवसाय, निर्माण आदि कार्य गर्नका लागी स्वास्थ्य सुरक्षा मापदण्ड विपरित श्रमिक कामदारको ओसारपसार कार्य गर्न र सहकारी लगायतका संघसंस्थाहरुले साधारण सभा, तालिम गोष्ठि जस्ता हुने गतिविधि गर्न निषेध गरेको छ । कोभिड १९ को संक्रमण देखिएको स्थानलाई सम्बन्धित स्थानीय तहले जोखिम विष्लेषण गरी आवश्यकता अनुसार अत्यावश्यक बाहेकका अन्य सबै प्रकारका सेवा बन्द गरि स्वास्थ्य कार्यालयको सहयोग र समन्वयमा नियन्त्रण र उपचारको व्यवस्था मिलाउने र सो को जानकारी स्थानीय प्रशासनलाई उपलब्ध गराउन भनिएको छ ।

Shares

Be the first to comment on "दोलखामा विदेश तथा संक्रमित जिल्लाबाट आएका व्यक्तिले क्वारेन्टिनमा बस्नु पर्ने"

Leave a comment

Your email address will not be published.


*