दोलखामा वातावरण संरक्षणमा जुट्दै स्थानीय सरकार

तस्बिर /दीक्षण –दोलखाको शैलुङ गाउँपालिकाले निर्माण गरेको रिर्चाज पोखरी

इश्वर बिश्वकर्मा÷चरिकोट,दोलखाका ४ स्थानीय तह वातावरण संरक्षणमा जुटेका छन् । दिनानुदिन विभिन्न कारण वातावरण विनाश हँुदै गएको बेला यसको संरक्षण गर्ने प्रयासमा भीमेश्वर, जिरी नगरपालिका, शैलुङ र मेलुङ गाउँपालिका जुटेका हुन् । ४ वटै स्थानीय सरकारले वातावरण संरक्षण गर्ने उद्धेश्य सहित आवश्यक बजेट छुट्याएर सचेतनामुलक कार्यक्रमका साथै विभिन्न कार्यहरु गरिरहेका छन् । पोखरी निर्माण, वृक्षारोपण, सुधारिएको चुल्होको प्रयोग, पानीको मुहान संरक्षण आदि कार्य उक्त पालिकाहरुले गरिरहेका छन् । जिल्लाको पुरानो भीमेश्वर नगरपालिकाकाले वातावरण संरक्षण गर्ने प्रयास स्वरुप ‘एक वडा एक पुर्नभरण पोखरी निर्माण’ अभियान अङ्गिकार गरेको छ । खोरथली सामुदायिक वन क्षेत्रमा एक, बोचमा एक, राङराङथलीमा एक, जिलूमा एकवटा गरी ४ वटा पोखरी निर्माण भईसकेको छ । अन्य वडामा पनि पोखरी निर्माण कार्यलाई तिब्रता दिइने नगर प्रमुख भरत केसीले जानकारी दिए । साथै विभिन्न सडकका किनारा तथा खाली डाँडापाखामा वृक्षारोपण पनि गरिएको र चालु आवमा पनि उक्त कार्यलाई निरन्तरता दिइएको उनले बताए । नगरपालिकाले मात्र चाहेर मात्र केही नहुने तर नागरिककोे तर्फबाट आफ्नोे भुमिका निर्वाह गरेकोे खण्डमा वातावरण संरक्षणमा प्रयास पुग्ने नगरप्रमुख केसीले बताए । जिल्लाको अर्काे जिरी नगरपालिकाले पनि क्लिन जिरी, ग्रीन जिरी, अर्गानिक जिरी अभियान अन्र्तगत वातावरण संरक्षणलाई विषेश जोड दिएको छ । विभिन्न क्षेत्रमा वृक्षारोपण तथा प्लाष्टिक झोला विस्थापित अभियान सुचारु गरिएको नगरप्रमुख टंक जिरेलले जानकारी दिए । चालु आव पनि नगरपालिकाले अभियानअन्तर्गत वडा कार्यालय भवन तथा बगैँचा व्यवस्थापन, विद्यालय फुलबारी व्यवस्थापन कार्यक्रम, नर्सरी व्यवस्थापन, जलाधार संरक्षण, प्लाष्टिक झोला विस्थापित कार्यक्रम सञ्चालन गरिरहको छ । जिल्लाको शैलुङ गाउँपालिकाले वातावरण संरक्षणका लागि डिभिजन वन कार्यालय दोलखाको १० लाख र पालिकाको ३० लाख खर्च गरेर १० वटा रिचार्ज पोखरी निर्माण गरेको छ । सामुदायिक वन क्षेत्रमा जीवजन्तुलाई पानी पिउन र जमिन चिस्यानका लागि रिचार्ज पोखरी निर्माण गरिएको पालिकाका अध्यक्ष भरत दुलालले बताए । मुहानहरूको संरक्षणमा मद्दत पुग्ने, वरीपरीका क्षेत्रमा चिस्यान कायम भई बोटबिरुवा उम्रने तथा हुर्कने र हरियाली वातावरण निर्माणमा टेवा पुग्ने उनले बताए । त्यस्तै विभिन्न नाङ्गा डाँडापाखा र सडक किनारामा हरियाली पार्न वृक्षारोपणका कार्य समेत गरिएको उनले बताए । चालु आवमा पनि पोखरीलाई थप व्यवस्थित गर्ने तथा सामुदायिक वन उपभोक्ता समुहसँगको सहकार्यमा वृक्षारोपण गर्ने, खाली तथा सामुदायिक वनमा जडिबुटी प्रवद्र्धन कार्य गरि वन, वातावरण तथा भुसंरक्षणलाई प्रभावकारी बनाइने अध्यक्ष दुलालले बताए । जिल्लाको मेलुङ गाउँपालिकामा पनि गत वर्षहरुमा पोखरी व्यवस्थित गर्ने, वृक्षारोपण कार्यलाई प्राथमिकताकोे साथ सम्पन्न गरेको थियो । चालु आवमा मिल्ती खोला, फड्के खोला, लड्के खोला, घ्याङ्गखोला, अधेरीखोला जस्ता जलाधार क्षेत्र संरक्षण सम्बन्धी कामहरू सरोकारवाला निकायहरूसँगको समन्वयमा सञ्चालन गरिने जनाएको छ । विद्युतीय उपकरण (करेन्ट) विषादीका प्रयोग गर्दै खोला, नदिमा माछा मार्ने कार्यलाई निषेध गरी माछा लगायत जलचरको समुचित संरक्षण गर्ने मेलुङ गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठले बताए । वर, पिपल, स्वामी, रुद्राक्ष, अशोकवृक्ष आदि रोपिने पनि उनले बताए । यी सबै कार्यहरु वातावरण संरक्षणको लागि पर्याप्त नभएपनि यसका लागि केही टेवा पुग्ने आशा स्थानीय सरकारहरुले राखेका छन् । वातावरण ह्रास हुुँदै गएमा रोग तथा महामारीको शिकार मानव जीवननै हुने भएकोले समयमै आ–आफ्नो घरपरिवार, टोल तथा समाज स्थानीय सरकारबाट वातावरण संरक्षणका प्रभावकारी अभियानहरु सञ्चालन गरिनुपर्ने सरोकारवालाहरुको मत रहेको छ ।

Shares

Be the first to comment on "दोलखामा वातावरण संरक्षणमा जुट्दै स्थानीय सरकार"

Leave a comment

Your email address will not be published.


*