दोलखामा वडा अध्यक्ष तथा कार्यपालिका सदस्य संघ गठन

चरिकोट, चैत्र १६ /दोलखामा वडा अध्यक्ष तथा कार्यपालिका सदस्य संघ गठन गरिएको छ । जिल्लाका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको चैत्र १४ को प्रथम भेलाले संघ गठन गरिएको हो । भेलाले मेलुङ गाउँपालिकाका वडा नं. ३ का वडाध्यक्ष हिरा थोकरको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति निर्माण गरेको छ । संघको उपाध्यक्षमा भीमेश्वर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष हरीवंश चौलागाईँ, सचिवमा भीमेश्वर नगरपालिका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठ, सहसचिवमा कालिन्चोक गाउँपालिका कार्यपालिका सदस्य लक्ष्मी शिवाकोटी र कोषाध्यक्ष पदमा बैतेश्वर गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष रमेश अधिकारी चयन भएका छन् ।सदस्यहरु प्रल्लाद कार्की ,छिरिङ शेर्पा, कृष्ण बहादुर दहाल, होम श्रेष्ठ , महेश काफ्ले ,ईस्वर कोइराला ,नबराज खडका , भरत ढुङगेल ,कुल बहादुर विक ,सुनम सोनाम , रुपा भुजेल,पदेमान जिरेल , तेज बहादुर खडका ,शुभास थामी , बुक्ताम तमाङ ,मधुकर गुरुङ , तारा नेपाली र सुशिला थापा रहेका छन् । संघले वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुको साझा सवालहरुको पहिचान गरी त्यसको समाधानका लागि निरन्तर रुपमा पहल र पैरवी गर्ने जनाइएको छ । प्रथम भेलाले वडा सदस्यहरुको क्षमता विकास लागि आवश्यक व्यवस्था गर्ने, जिल्ला संघ, प्रदेश र संघ स्तरीय छाता संगठन विस्तारका लागि पहल गर्ने, जिल्लाका सबै वडाध्यक्षहरुको व्यक्तिगत विवरण तयार गरी प्रकाशन गर्ने, वडाअध्यक्षहरुको अनुभव र सिकाईमा आधारित वडाअध्यक्ष नामक पुस्तक प्रकाशन गर्ने निर्णय गरेको छ । त्यस्तै वडा कार्यालयलाई आर्थिक रुपमा सबल बनाउन वडा समितिको नाममा खाता सञ्चालन र आर्थिक कारोबारको अधिकार तत्काल उपलब्ध गराउन माग गर्ने, वडा समितिमार्फत् भएको निर्णयलाई सहज रुपमा कार्यान्वय गर्न पालिकालाई जोडदार माग गर्ने, वडा स्तरीय योजनाको छनौट, योजना सम्झौता, बजेट व्यस्थापन र कार्यान्वयन एवं अनुगमन गर्न वडाध्यक्ष तथा वडा समितिलाई पूर्ण प्रत्योजना गर्न माग गर्ने निर्णण गरेको छ । दोलखा जिल्ला भरीका वडाअध्यक्षहरुको कार्य सम्पादन सम्बन्धमा निश्चित सूचक र मापदण्डका आधारमा कार्य मूल्याङकन गरी उत्कृष्टलाई प्रोत्साहन र पुरस्कृत गर्न गराउन सम्बन्धित निकायसंग माग गर्ने निर्णय गरिएको संघका अध्यक्ष हिरा थोकरले बताए ।

Shares

Be the first to comment on "दोलखामा वडा अध्यक्ष तथा कार्यपालिका सदस्य संघ गठन"

Leave a comment

Your email address will not be published.


*