दोलखामा लागु पदार्थ सहित ७ जना पक्राउ

सरिता भण्डारी ,चरिकोट ः–दोलखा प्रहरीले विभिन्न किसिमका लागु पदार्थसहित ७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले लागु औषध (खैरो हिरोईन) सहित २ जनालाई पक्राउ गरेको हो  । पक्राउ पर्नेमा विगु गाउँपालिका वडा नं ३का वर्ष २६ का बिजय आचार्य र भीमेश्वर नगरपालिका वडा नं ४ का वर्ष २९ का मधुसुजन चैलागाई रहेका छन् ।गत असार २५ गते बर्दिबासबाट चरीकोट तर्फ आउँदै गरेको बा ३ ख १७९६ नम्बरको बसमा लागु औषध ओसार पसार गरेको सूचनाका आधारमा भीमेश्वर नगरपालिका वडा नंम्बर ५ किराँतीछापमा चेक जाँच गर्दा उनीहरुका साथबाट खैरो हिरोइन बरामद गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सत्रुधन कुमार महतोका अनुसार पक्राउ परेका आचार्यको साथबाट ६ दशमलव ४० ग्राम र मधुसुजन चैलागाईको साथबाट ४दशमलव ६२ ग्राम गरी जम्मा १० दशमलव ६६ ग्राम ब्राउन सुगर खैरो हिरोईन बरामद गरिएको छ । पक्राउ परेका २ जनालाई जिल्ला अदालत दोलखाबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ । त्यसैगरी प्रहरीले चरिकोटबाट नै लागु औषधका क्यापसुल ओसार पसार गरेको आरोपमा ४ जनालाई पक्राउ गरेकोे छ । पक्राउ पर्नेमा गौरीशंकर गाउँपालिका–९ घर भई हाल चरिकोटमा डेरा गरी बस्ने बर्ष २२ का बादल गुरुङ र कालिञ्चोेक गाउँपालिका वडा नंम्बर ६ स्थायी घर भएका चरिकोट नै बस्दै आएका बर्ष १९ का सुजन पाण्डे रहेका छन् । उनीहरुको कोठामा प्रहरीले खानतलासी गर्दा लागु औषध क्याप्सुल बरामद गरेको थियो । पक्राउ परेका उनीहरुलाई सोधपुछ गर्दा बयानका आधारमा प्रहरीले अर्का दुई जनालाई पनि लागु औषध बिक्री वितरणमा संलग्नता रहेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । यसरी पक्राउ पर्नेमा भीमेश्वर नगरपालिका–६ का बर्ष २४ का सोनाम तामाङ र भीमेश्वर नगरपालिका–८ घर भई हाल चरिकोटमा डेरा गरी बस्दै आएका बर्ष २३ का सागर तामाङ रहेका छन् । प्रहरीले असार १९ गते चरिकोटमा लागु पदार्थ विक्रि वितरण गरेको अभियोगमा मकवानपुरको लामसुरे गाउँपालिका वडा नं. ९ घर भएका वर्ष २० का कैलाश थापा मगर समेत पक्राउ गरेको जनाएको छ । प्रहरीले पक्राउ परेका सातै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
दोलखामा पछिल्लो समय लागु औषध प्रयोगकर्ता बढेको स्थानीयहरुले बताउदै आएका छन् । यो साता मात्र चरिकोटको एक औषधी पसलमा लागु औषधको प्रयोग गर्ने समुहलाई अबैध तरिकाले औषधी विक्री वितरण गरेको अभियोगमा औषधी पसलमा प्रहरीले छापा समेत मारेको थियो ।

Shares

Be the first to comment on "दोलखामा लागु पदार्थ सहित ७ जना पक्राउ"

Leave a comment

Your email address will not be published.


*