दोलखामा लडेर एक पर्यटकको मृत्यु

दीक्षण समाचार
चरीकोट, फागुन २६
दोलखामा अवस्थित च्छोरोल्पा हिमताल भ्रमण गरी फर्किदैँ गर्दा एक पर्यटकको लडेर ज्यान गएको छ । गौरीशंकर गाउँपालिका–९ डोङनाडङमा बिहीबार तनहुँका ४५ वर्षिया सुकबहादुर गुरुङको लडेर खोलामा खस्दा मृत्यु भएको हो । च्छोरोल्पा हिमताल भ्रमण गरी त्यहाँबाट सोलुखुम्बु जाने क्रममा राती बास बसेको र बिहान खोलामा मुख धुने क्रममा चिप्लिएर लड्दा उहाँ खोला खस्नुभएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताउनुभयो । उहाँसँगै ३८ जना भ्रमणमा आउनुभएको थियो । मृतक गुरुङको शव बिहीबार हेलिकप्टर मार्फत काठामाडौँ लगिएको प्रहरी निरीक्षक कोइरालाले सुनाउनुभयो ।

Shares

Be the first to comment on "दोलखामा लडेर एक पर्यटकको मृत्यु"

Leave a comment

Your email address will not be published.


*