दोलखामा लक डाउनको थप कडा , सवारी साधनको नयाँ पास लिनु पर्ने

चरिकोट –दोलखामा “लकडाउन”लाई आजबाट थप कडाई गरिएको छ । दोलखामा लकडाउन कडा भएसँगै ३ दर्जन मोटर साइकल तथा आधा दर्जन सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दोलखाले  बताएको छ । हिजो सम्म लिएका सवारी पासको अधारमा सवारी साधन चल्न प्रशासनले प्रतिबन्ध लगाएको जनाइएको छ । आजबाट जिल्ला प्रशासन कार्यालय दोलखाले जारी गरेको नयाँ पास लिए मात्र सवारी साधन मात्र चल्ने पाउने जनाइएको छ । स्थानीय तह तथा अन्य निकायको पासको अधारमा सवारी साधन चलाउन रोक लगाइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा लक डाउनको थप कडा , सवारी साधनको नयाँ पास लिनु पर्ने"

Leave a comment

Your email address will not be published.


*