दोलखामा रोपिएको बिरुवा चोरी, चोर पत्ता लगाउन पुरस्कार

ईश्वर बिश्वकर्मा
चरिकोट, बैशाख १९
दोलखाको बैत्यश्वर गाउँपालिकाको ग्रीनतारा एग्रोफार्म प्रालिले यार्सा भिरकुना स्थित ९ रोपनी क्षेत्रफलमा लगाएको लौठसल्ला चोरी हुन थालेपछि चोर पत्ता लगाउन पुरस्कारको व्यवस्था गरेको छ ।
३ वर्ष अघि मकवानपुरको दामनबाट १ हजार वटा लौठसल्लाको बिरुवा ल्याई घरभन्दा करिब १ घण्टाको  समयमा पुगिने भिरामुनीमा रोपिएको थियो । तर २ बर्षदेखि चोरी हुन थालेको कारण एग्रोफार्मले चोर पत्ता लगाउन पुरस्कारको व्यवस्था गरेको हो ।
धेरै मिहिनेतका साथ लगाइएको लौठ सल्लाका बिरुवा रोपिएको स्थानबाटै चोरी भएकोले चोरी गर्ने व्यक्तिबारे जानकारी दिनेलाई पुरस्कारको व्यवस्था नै गरेर रेडियोमा सुचना समेत बजाएको एग्रोफार्मका सञ्चालक चिर्नबु शेर्पाले बताए । लौठसल्लाबाट स्वदेशमै आम्दानी हुने भन्दै उनले मकवानपुरबाट एउटा बिरुवाको ८० रुपैँया तिरेर ल्याई रोपेका थिए । तर केहि उचाइ बनेको बिरुवा चोरी हुन थालेपछि उनको परिवारकाई चिन्ता लाग्न थालेको छ । करिब १८ दिनअघि ३० भन्दा बढी लौठसल्लाका बिरुवा चोरी भएको एग्रोफार्म सञ्चालक शेर्पा बताउँछन् । उनि भन्छन् “गत बर्ष ४० भन्दा बढी विरुवा हरायो, यो बर्ष पनि हरायो, बिरुवा जोगाउन नै मुस्किल भएको छ ।” लौठसल्लाको प्रयोग गरी क्यान्सर रोगको औषधि तयार पारिने हुँदा प्राकृतिक तथा वैज्ञानिक चिकित्सा दुवैमा यस वनस्पतिको ठूलो महत्व रहेको छ । लौठ सल्ला दुर्लभ प्रजातिको वनस्पति भएकोले हालसम्म भेटिएका सल्लाहलाई तार जाली लगाइ संरक्षण गर्न पनि धेरै मिहीनेत गनुपर्दछ । नेपालका वनपाखामा पाइने दुर्लभ वनस्पती लौठसल्ला अन्तर्रा्ष्ट्रिय बजारमा  बिक्री हुने गरेको पाइएको छ । क्यान्सरजस्ता रोगको औषधिका लागि केमिकल पाइने लौठसल्ला नेपालमा पाइने भए पनि यसको महत्व बढेको छ ।

 

Shares

Be the first to comment on "दोलखामा रोपिएको बिरुवा चोरी, चोर पत्ता लगाउन पुरस्कार"

Leave a comment

Your email address will not be published.


*