दोलखामा रोकिएन लकडाउन उल्लघङन, १ हजार बढी प्रहरी नियन्त्रणमा

ईश्वर बिश्वकर्मा
चरिकोट, चैत्र २३
चरिकोट –दोलखामा लक डाउन उल्ङघन गर्ने एक हजार भन्दा बढी कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाले लकडाउनको पहिलो दिनदेखि आइतबारसम्ममा लकडाउन उल्लङ्घन गर्ने १ हजार २ सय २० जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रण लिएका व्यक्तिहरुलाई आधा घण्टा देखि १ घण्टासम्म कोरोना सचेतना कक्षा लिई छाडिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक (इस्पेक्टर) रेशम बोहोराले बताए । “विभिन्न बाहाना बनाएर लखरलखर डुल्नेलाई नियन्त्रण लिएको हो । अत्यावश्यक काम अर्थात् औषधी किन्न, खाद्यान्न किन्न हिँडेकालाई नियन्त्रणमा लिइएको छैन ।” इस्पेक्टर बोहोराले भने । त्यसैगरि प्रहरीले लकडाउनलाई पुर्ण रुपमा पालना गराउन गाउँ गाउँमा प्रहरी परिचालन गरेको छ । हालसम्मको अवधीमा घरबाहिर निस्केका ३ हजार १ सय जनालाई सम्झाई बुझाइ गरिएको छ । इस्पेक्टर बोहोराका अनुसार सचेतना फैलाउन २५ सय पर्चापम्प्लेट वितरण गरिएको छ । यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका अनुसार अटेरी गरि लकडाउनको समयमा चलाउने १ सय ९४ सवारीलाई नियन्त्रण लिइ सचेतना प्रदान गरि छाडिएको प्रहरी जवान जगदिश कार्कीले बताए । उनका अनुसार मोटरसाइकल बोलेरो लगायतको सवारीसाधन नियन्त्रणमा लिइएको थियो । दोलखा प्रहरीले कोरोना भाइरसको उच्च जोखिम बढेपछि गाउँगाउँमा प्रहरी परिचालन गरि लकडाउनमा कडाइ गरेको छ । कोरोनाभाइरस संक्रमण फैलिन नदिन अत्यावश्यक सेवा बाहेक मुलुकभर हिँडडुलमा प्रतिबन्ध लगाइएपनि त्यसको पूर्ण पालना हुन नसक्दा संक्रमणको थप जोखिम बढ्ने चिन्ता सामाजिक सञ्जालमा पनि व्यक्त भएका छन् । कोरोना भाइरस (कोभिड —१९) को सम्भावित जोखिम हुन नदिन गरिएको लकडाउन कार्यान्वयनमा कडाई गरेपनि अत्यावश्यक काममा बाहेक प्रतिबन्ध गरेको छ । तर जिल्लामा लकडाउनको उल्लघङन गर्ने क्रम रोकिएको छैन । सरकारले आइतबारबाट एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत जान नपाउने निर्णय गरेको छ ।

Shares

Be the first to comment on "दोलखामा रोकिएन लकडाउन उल्लघङन, १ हजार बढी प्रहरी नियन्त्रणमा"

Leave a comment

Your email address will not be published.


*