दोलखामा राप्रपाको चुनावी अभियान सुरु

दीक्षण समाचार÷ चरिकोट, – राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले आगामी आगामी मंसिर ४ गते तय भएको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित विषेश अभियान सञ्चालन सुरु गरेको छ । स्थानीय तहमा भएका कमीकमजोरीलाई सुधार गर्दै मंसिर ४ को निर्वाचनलाई परिणामुखी र उपलब्धिमुलक बनाउने उद्धेश्य सहित राप्रपाले चुनाव केन्द्रित अभियान सुरुवात गरेको हो ।

राप्रपा दोलखाका अध्यक्ष राजन बहादुर शिवाकोटीले राप्रपाका उम्मेदवारहरुलाई विजयी गराउन सम्पूर्ण शक्तिसंयन्त्र परिचालन गर्ने गरी अभियान सुचारु भएको बताउनुभयो । उहाँका अनुसार अभियान अन्तर्गत जनताको घरदैलोमा पुगेर उनीहरुको भावना बुझ्ने र सुझाव लिने तथा समग्र विकास निर्माणको विषयमा जानकारी लिइने छ । निर्वाचन लक्षित टोलसमितिहरु गठन, बुथसमितिहरु गठन, वडा समितीहरु गठन पुनर्गठन, जनबर्गिय संगठनहरु गठन, प्रशिक्षण कार्यक्रम, घरदैलो कार्यक्रम, चुनावी कोणसभा, आमसभा लगायत विभिन्न कार्यक्रमहरु आयोजना गर्न गराउन पालिका संयोजक, सहसंयोजक र सदस्य सचिवहरु तोकिएका छन् ।

भीमेश्वर नगरपालिकाको संयोजकमा किरण शाही, जिरी नगरपालिकाको संयोजकमा ओलक बहादुर जिरेल, मेलुङ गाउँपालिकामा संयोजक छत्र बहादुर तामाङ, तामाकोसी गाउँपालिकामा संयोजक दिपक कालिकोटे, बैतेश्वर गाउँपालिकामा संयोजक बल बहादुर तामाङ, गौरीशंकर गाउँपालिका संयोजकमा पुष्प कार्की, शैलुङ गाउँपालिकामा सस्टिक बहादुर कार्की, कालिन्चोक गाउँपालिका संयोजकमा पान्डब सिङ पान्डे र बिगु गाउँपालिका संयोजकमा गणेश खड्का रहनुभएको छ ।

अध्यक्ष शिवाकोटीले गत भदौ ६ गतेको जिल्ला समितिको बैठकको निर्णयानुसार प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार छनौट गरी प्रदेश कमिटिमा सिफारिस गरी पठाइएको बताउनुभयो । जसमा प्रतिनिधि सभा सदस्यका लागि विजय खडका, कुमार कार्की, तारादेवी बस्नेत, प्रदेश (क) रामवहादुर तमाङ, भरत उप्रेती, निरोज कोईराला, सृष्टि न्यौपाने, प्रदेश (ख) का लागि राजनबहादुर शिवाकोटी, भाष्कर पाण्डे र नन्द थपलियालाई सिफारिस गरिएको छ ।

समानुपातिक प्रदेश (क) का लागि प्रविणकुमार थोकर, वलवहादुर तमाङ, छत्रवहादुर तमाङ, होम केसी अपगाई, समानुपातिक (प्रदेश ख)का लागि मोनिका श्रेष्ठ, सुन्दरप्रकाश खडका, देवेन्द्र खडका, देवकी वुढाथोकी, विष्णु श्रेष्ठ, वीरशंकर शाही, किरण शाही र विना मुग्राती, समानुपातिक प्रतिनिधि सभाका लागि सष्टिका कार्की, दिपक कालिकोटे, ठाकुरप्रसाद शिवाकोटी, सपना घतानी र रूकुमाया पाण्डेलाई उम्मेदवारको रुपमा छनौट गरी प्रदेश कमिटिमा सिफारिस गरिएको छ ।

राप्रपा दोलखाका अध्यक्ष शिवाकोटीले स्थानीय तहको निर्वाचनमा राप्रपाको परिणाम अपेक्षाकृत हुन नसकेपनि आगामी निर्वाचनमा राप्रपा सशक्त भएर अन्य पार्टीलाई समेत चुनौती दिने गरी होमिन लागेको बताउनुभयो । उहाँले देशमा विकास, समृद्धि र परिवर्तनका लागि राप्रपाले निर्वाचन जित्न र जिताउन अपरिहार्य रहेको बताउनुभयो । आफ्नो पार्टीले देशको नेतृत्व पाए देशको जनताको जीवनस्तर र देशको मुहार फेरिने उहाँले सुनाउनुभयो ।

Shares

Be the first to comment on "दोलखामा राप्रपाको चुनावी अभियान सुरु"

Leave a comment

Your email address will not be published.


*