दोलखामा राती १० बजेपछि देउसी भैलो खेल्न नपाइने

चरिकोट –दोलखामा जिल्ला प्रशासन कार्यालयले दोलखाले राति १० बजेपछि देउसी भैलो खेल्न निषेध गरेको छ। नेपालीको दोस्रो ठूलो चाड तिहारलाई हर्षोल्लासका साथ मनाउन मर्या्दित र अनुशासित तरिकाले देउसीभैलो खेल्न अनुरोध गरेको छ। मदिरा सेवन गरी होहल्ला नगर्न पनि प्रशासनले अनुरोध गरेको छ। चाडपर्व लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत समयसीमा तोकिएको प्रशासनले जजनाएको छ । रातको समयमा देउसी भैलोका नाउँमा उच्छृखल गतिविधि हुनसक्ने भएकोले चाडपर्व लक्षित अभियानमा साथ दिन प्रशासनले अनुरोध गरेको छ । मादक पदार्थको सेवनबाट झैझगडा, हुलहुज्जत तथा शान्ति सुरक्षामा खलल पुग्नसक्ने भएकाले देउसी भैलो खेल्ने समयावधि तोकिएको हो । तोकिएको समय भन्दा पछि देउसी भैलो खेलिएको पाइएमा कारवाही गरिने प्रशासनले जनाएको छ।

Shares

Be the first to comment on "दोलखामा राती १० बजेपछि देउसी भैलो खेल्न नपाइने"

Leave a comment

Your email address will not be published.


*