दोलखामा रातभर देउसीभैलो खेल्न नपाइने

फाइल तस्बिर

दीक्षण समाचार
चरिकोट, कार्तिक १५
दोलखामा राती दश बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले तिहारमा राती दश बजेपछिको समयमा देउसीभैलो लगायत सांस्कृतिक तथा सांगितिक गतिविधि नगर्न अनुरोध गर्दै सूचना जारी गरेको छ । रातको समयमा अवाञ्छित गतिविधि हुन सक्ने र त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरुले शान्ति सुरक्षामा प्रतिकुल असर पुर्याउन सक्ने तथा भिडभाडका कारण कोभिड–१९ को संक्रमण फैलन सक्ने भएकोले रातभर देउसीभैलो खेल्न नपाइने सूचनामा उल्लेख छ ।

तिहारको समयमा पटाका र अतिसवाजी जस्ता विष्फोटक पदार्थ उत्पादन, आयातनिर्याता, ओसारपसार, बिक्रीवितरण तथा प्रयोग नगर्न अनुरोध गरेको छ । यस्ता वस्तुले सर्वसाधारणको स्वास्थ्य तथा सुरक्षामा प्रतिकुल असर पर्न जाने, चोटपटक लाग्ने तथा आगलागी भई जनधनको क्षति हुन सक्ने भएकोले निषेध गरिएको सूचनामा उल्लेख छ ।
सूचनाको वेवास्ता गरी सूचना विपरीतका कार्य गरिएको पाइएमा कानुन बमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी दिपक कोइरालाले बताउनुभयो ।

Shares

Be the first to comment on "दोलखामा रातभर देउसीभैलो खेल्न नपाइने"

Leave a comment

Your email address will not be published.


*