दोलखामा रक्तदान कार्यक्रमको नयाँ कार्यतालिका निर्माण

दीक्षण समाचार

चरिकोट, मंसिर २२

दोलखामा रक्तदान कार्यक्रमको नयाँ कार्यतालिका निर्माण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको बुधबार सम्पन्न वार्षिक समीक्षा बैठकले वर्षभर जिल्लामा रगतको अभाव हुन नदिन रक्तदानको वार्षीक कार्यतालिका निर्माण गरेको हो । जिल्लामा रगतको आपूर्तिका लागि विभिन्न संघसंस्थाले महिनैपिच्छे पालैपालो रक्तदान कार्यक्रम गर्ने गरी कार्यतालिका निर्माण गरिएको रेडक्रस सभापति गोकर्ण प्रसाद पोखरेलले बताउनु भयो । जिल्लाका अस्पतालहरुमा उपचाररत सुत्केरी, बिरामी, दुर्घटनाका घाइतेलाई रगत उपलब्ध गराउन कार्यतालिका अनुसार रक्तदान कार्यक्रम आयोजना हुने उहाँले बताउनु भयो । उहाँका अनुसार कार्यतालिकाअनुसार २०७९ मङ्सिरमा नेपाली कांग्रेस, पुसमा दोलखा दुग्ध उद्योग, कालिञ्चोक मावि, चरीकोट क्याम्पस, माघमा खोरथली सामुदायिक वन, रक्तदाता समाज, जनहित साकोसले रक्तदान कार्यक्रम आयोजना गर्ने छन् । फागुनमा रक्तदान गर्ने पालो गौरीशङ्कर बहुमुखी क्याम्पस र लालीगुराँस क्लब, चैतमा जिल्ला सहकारी संघ, नेपाल क्षय रोग निवारण संस्था र जन सचेन साकोसको पालो रहेको छ । २०८० को वैशाखमा नेपाल पत्रकार महासंघ र हाम्रो जनकल्याण साकोस, जेठमा नेपाल मजदुर संघ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन रक्तदान कार्यक्रम आयोजना गर्ने छन् । असारमा दोलखा चेम्बर अफ कमर्स र नेपाल होटल व्यवसायी संघ, साउनमा सामुदायिक विकास मञ्च, दोलखा फुटबल संघ, नेपाल रेडक्रस सोसाइटी सहरे शाखाले रक्तदान कार्यक्रम गर्ने पालो पाएको छ । भदौमा दीपज्योति समाज सुधार संस्था, मिलीजुली कालिञ्चोक साकोस, असोजमा जनमुखी साकोस र जिल्ला समन्वय समिति, कात्तिकमा प्रमपूर्ण प्रताप फाउन्डेसन र दोलखा उद्योग वाणिज्य संघले रक्तदान कार्यक्रम गर्ने कार्यतालिका रहेको छ ।

Shares

Be the first to comment on "दोलखामा रक्तदान कार्यक्रमको नयाँ कार्यतालिका निर्माण"

Leave a comment

Your email address will not be published.


*