दोलखामा महिला हिंसाका उजुरी बढ्यो अधिकांश मुद्धा मिलापत्रबाट टुङगियो

ईश्वर बिश्वकर्मा चरिकोट, – विश्वभर र नेपाल सहित दोलखामा पनि लैङ्गिक हिँसा बिरुद्धको १६ दिने अभियान जारी छ । कतिपय स्थानमा औपचारिक रूपमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । तर यसरी बर्षेनी सचेतना कार्यक्रम र महिला हिँसाका बिरुद्धको अभियान सञ्चालन गरेपनि दोलखामा महिला प्रति हुने घरेलु हिँसा भने न्युनिकरण हुन सकेको छैन , भने ति त्यस्ता हिंसाको उजुरी प्रहरी समक्ष पुगेपनि अधिकाँश उजुरी उपर छलफल गरी मिलापत्रको माध्यमबाट टुङ्ग्याइने गरिएको छ भने मिलापत्रबाट नमिलेको मुद्धा अदालती प्रक्रियामा गएका छन् । आफ्नो श्रीमानले खान लाउन नदिएको, दुर्व्यवहार गरेको, शारीरिक तथा मानसिक तनाव दिएको लगायतका अधिकाँश उजुरी प्रहरी समक्ष आएका छन् ।

तर पीडक र पीडित दुबै पक्षको उपस्थितीमा मिल्ने सहमति भएपछि मिलापत्र गराइन्छ । जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको अनुसार २०७४र०७५ देखि चालु आर्थिक बर्ष मंसीर २१ सम्म परेका घरेलु हिँसाका उजुरीका मध्ये १ सय भन्दा बढी उजुरी उपर छलफल गरी मिलापत्र गराइएको छ । उक्त अवधीमा ३ सय ६३ थान उजुरी दर्ता भएकोमा १ सय ३५ वटा मुद्धा उजुरी उपर दुबै पक्षको उपस्थिति र सहमतिमा मिलापत्र गराइएको हो । ३ सय ६३ वटा मुद्धा मध्ये २८ वटा मुद्धा मात्र अदालती प्रक्रियामा पठाइएको थियो । भने ९८ उजुरीकर्ता भने सम्पर्कमै नआएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आव २०७४र०७५ मा ९९ उजुरी परेकोमा ३९ मुद्दा मिलापत्र गराइएको छ । १६ वटा मुद्धा अदालती प्रक्रियामा पठाइएको थियो । ४४ उजुरीकर्ता सम्पर्कमै आएका थिएनन् ।आर्थिक बर्ष २०७५र०७६ मा ८३ थान मुद्दा दर्ता भएकोमा ५३ थान मिलापत्रको माध्यमबाट टुङ्गिएको छ ।

५ वटा मुद्दा अदालती प्रक्रियामा पठाइएको छ । २५ वटा मुद्धाको उजुरीकर्ता भने सम्पर्कमा आएनन् । त्यस्तै गत आव २०७६र०७७ मा ५० वटा मुद्धा दर्ता भएकोमा आधा अर्थात् २५ वटा मुद्धाको मिलापत्रको माध्यमबाट टुङ्गो लगाइएको छ । २ वटा मुद्धाको अदालत प्रकिया र ९वटा मुद्धा उजुरीकर्ता सम्पर्कमै आएनन् । त्यस्तै चालु आवको साउन देखि मंसिर २१ सम्म ३१ उजुरी परेकोमा १८ वटा मुद्धाको मिलापत्र गराइएको छ । ९वटा मुद्धा दर्ता गर्ने उजुरीकर्ता सम्पर्कमै आएनन् । भने २ वटा मुद्धा मात्र मुद्दा अदालती प्रक्रियामा पठाइएको जिल्ला प्रहरी कार्यालय दोलखाका सुचना अधिकारी एवं प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए । चालु आवको साउन महिनामा १० वटा मुद्धा दर्ता भएकोमा ६ वटा मुद्धाको मिलापत्र गराइएको छ, भने ४ वटा मुद्धा उजुरी दर्ता गर्ने उजुरीकर्ता सम्पर्कमै आएनन् ।भदौ महिनामा ५ वटा मुद्धा उजुरी दर्ता भएकोमा ४ वटा मुद्धा मिलापत्र भएका छन् । जसमध्ये १ वटा मुद्धा उजुरीको उजुरीकर्ता सम्पर्कमा आएनन् । असोजमा ६ वटा मुद्दा दर्ता भएकामा ५ वटा मुद्धाको मिलापत्र भएको सुचना अधिकारी एवं प्रहरी निरीक्षक कोइरालाले बताए । १ वटा मुद्धा उजुरीको उजुरीकर्ता सम्पर्कमै आएनन् । कार्तिकमा ७ वटा मुद्धा दर्ता भएकोमा वटा मुद्धाको मिलापत्र र २ वटा मुद्धा अदालती प्रक्रियामा पठाइएको छ । ३ वटा मुद्धाको उजुरीकर्ता भने सम्पर्कमै आएनन् । मंसिर महिनाको २१ सम्म ३ वटा मुद्धा मुद्दा दर्ता भएकोमा १ मिलापत्र र २ सम्पर्क आएनन् ।पछिल्लो समय बढ्दो सचेतनाले पनि महिला हिंसाको घटना बाहिर आउन थालेको सरोकारवालको मत छ । महिला हिंसा न्यूनीकरण तथा रोक्नमा जनचेतना तथा सचेतना नै सबैभन्दा प्रभावकारी अस्त्र भएको पाइएको छ । लैंगिक हिंसा बढी हुने स्थानको पहिचान गरि सचेतना मुलक कार्यक्रम संचालन गर्नुपर्ने महिला अधिकारकर्मीहरुको भनाई रहेको छ ।

Shares

Be the first to comment on "दोलखामा महिला हिंसाका उजुरी बढ्यो अधिकांश मुद्धा मिलापत्रबाट टुङगियो"

Leave a comment

Your email address will not be published.


*