दोलखामा मतदान सम्पन्न, मत पेटिका संकलन हुँदै

दीक्षण समाचार

चरिकोट, मङ्सिर ४

दोलखामा प्रतिनिधिसभा र प्रदेश सभा सदस्य चयनका लागि आइतबार मतदान सम्पन्न भएको छ। एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको जिल्लामा निर्धारित समयअनुसार बिहान सात बजेदेखि सुरु भएको मतदान पाँच बजे सम्पन्न हो। जिल्लाको अधिकांश मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ भने दुई दर्जन बढी मतदान केन्द्रमा भने दिउँसोको समयमा पटक पटक तनावपूर्ण स्थिति पैदा भएको थियो । स्थिति नियन्त्रणमा लिन मतदान केन्द्रमा तैनाथ सुरक्षा संयन्त्रलाई समेत हम्मेहम्मे परेको थियो । केही केन्द्रमा सुरक्षाकर्मीद्धारा हवाई फायर समेत गरिएको थियो । तत्काललाई मतदान कार्य स्थगित पनि भए, तर सर्वदलीय बैठकको सहमति अनुरुप मतदान पुनः सुचारु भई सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख, निर्वाचन अधिकारी शकुन्तला राईले बताउनुभयो । जिल्लामा सम्पूर्ण केन्द्रमा मतदान कार्य सकिएकोले मतपेटिका संकलन गरी गणनाका लागि मतगणना स्थल ल्याउने तयारी गरिएको छ । केन्द्रमा मुचुल्का तयार पारी कर्मचारी र सुरक्षाकर्मीको रोहबरमा सुरक्षित रुपमा मतपेटिका मत गणना स्थल चरिकोटमा ल्याउन लागिएको हो । त्यसपछि सर्वदलीय छलफल गरी मत गणना सुरु हुने निर्वाचन अधिकारी राईले बताउनुभयो ।

Shares

Be the first to comment on "दोलखामा मतदान सम्पन्न, मत पेटिका संकलन हुँदै"

Leave a comment

Your email address will not be published.


*