दोलखामा भोली देखी लकडाउन अलि खुकुलो,पसल बेलुकी ८ बजे सम्म खोल्न पाउने, सिंगटी बजार प्रतिबन्ध,

चरिकोट, भदौ १५(दीस) –दोलखामा पसल बेलुकी ८  बजे सम्म खोल्न पाउने भएको छ । गत साउन ३१ गतेबाट दोलखा जिल्लामा सुरु भएको बन्दाबन्दिको अर्थात लकडाउन र निशेधाज्ञा भदौ १६ गतेबाट केही खुकुलो गर्ने निर्णय गरेसँगै पसल बेलुकी ८  बजे सम्म खाेल्न पाउने भएको हो ।कालिन्चोक गाउँपालिकाको सिंगटी बजार तथा आसपासको बजार खोल्न प्रतिबन्ध गरिएको छ  । जिल्ला संकट व्यवस्थापन समितिको बैठकले भोली देखी लकडाउन केही खुकुलो गर्ने गरी भदौ २२ गतेका सम्मका लागि शर्तहरु जारी गर्दै लकडाउन केही खुकुलो पारेको हो । जिल्लाका सबै स्थानीय तहमा कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा रही काम गर्नेहरुको स्वाव संकलन गरी परिक्षणका लागि पठाईएकोमा प्राप्त भएको नतिजालाई विष्लेषण गरी लकडाउन खुकुलो गर्न लागिएको जिल्ला संकट व्यवस्थापन समितिले जनाएको छ । यद्यपी आगामी २२ गते सम्मका लागि जिल्ला स्थित सरकारी तथा गैरसरकारी निकाय, वित्तिय संस्थाहरुले आवश्यक स्वास्थ्य मापदण्ड पुरा गरी संवा सञ्चालन गर्न दिने बैठकले निर्णय गरेको छ ।जलविद्युत आयोजना लगायत अन्य विकास निर्माणका कार्यहरु स्वास्थ्य मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्ने, हालका लागि अति आवश्यक सेवाका र दुई पांग्रे सवारी साधानमात्र सञ्चालन गर्न दिने र होटल तथा रेष्टुरेन्टलाई टेक वे सेवा सञ्चालन गर्न दिने निर्णय गरिएको छ । यसै गरी आगामी २२ गते सम्मका लागि शैलुन व्युटिपार्लर पुर्ण रुपमा बन्द गर्ने, जुनसुकै प्रकारका भेला सभा समारोह बन्द रहेन मठ मन्दिरमा नित्य पुजा मात्र गर्न पाईने र निर्माण सामग्री ढुवानी विहान साढे आठ बजे सम्म र बेलुली साढे पाँच बजे सम्म मात्र सञ्चालन गर्न पाईने निर्णय गरेको छ ।यसै गरी बैठकले कोरोना नियन्त्रण र नियमनका लागि जथाभाथी नहिड्न, न्युनतम स्वास्थ्यका मापदण्ड पालना गर्न, मास्कको अनिवार्य प्रयोग गर्न र भौतिक दुरी कायम गर्न आग्रह गरेको छ ।यसै गरी जिल्लामा बाढी पहिरो लगायत प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनेहरुलाई आवश्यक राहत रकम वितरण गरिएको पनि जिल्ला संकट व्यवस्थापन समितिले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा भोली देखी लकडाउन अलि खुकुलो,पसल बेलुकी ८ बजे सम्म खोल्न पाउने, सिंगटी बजार प्रतिबन्ध,"

Leave a comment

Your email address will not be published.


*