दोलखामा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

दीक्षण समाचार

चरिकाेट, चैत्र १८ दोलखामा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ। नेपाली सेनाका भूतपूर्व सैनिकहरुको सम्मेलन बुधबार सदरमुकाम चरिकोटमा रहेको तारादल गणमा सम्पन्न भएको हो । नेपाली सेनाका भूतपूर्व सैनिक तथा तिनका आश्रित परिवारहरु लागि कल्याणकारी तथा आयमूलक कार्यहरुलाई प्रभावकारी रुपमा विकेन्द्रिकृत र बिकास गरी हिताधिकारीहरुको घरदैलोसम्म पुर्याउने उद्देश्यले सम्मेलन गरिएको नेपाली सेनाले जनाएको छ। मध्यपूर्वी पृतना हेडक्वाटर बर्दिबासमा मुख्य शिविरको रुपमा भू.पू.सैनिक सम्मेलन सञ्चालन भएको हो। दोलखा जिल्लाबाट पेन्सन खाने हिताधिकारीहरुलाई लक्षित गरी श्री तारादल गणले सहायक शिविरको रुपमा भूतपूर्व सैनिक सम्मेलन सञ्चालन गरेको थियो। कोभिङ-१९ संक्रमणको कारण जिल्लाका १ सय जना भू.पू.सैनिक तथा एकल महिलाहरुलाई सहभागी गराई प्रधान सेनापति ज्यूबाट मुख्य शिविरमा दिएको मन्तव्य प्रत्येक्ष रुपमा VTC मार्फत देखाउने व्यवस्था मिलाउनुको साथै गणका गणपति प्रमुख सेनानी अनिल के.सीले शिविरमा सहभागी भुतपुर्व सैनिक तथा एकल महिलासँग अन्तरक्रिया कार्यक्रम समेत सप्पन्न भएको थियो। शिविरमा सहभागीहरुलाई खाजा खानाको व्यवस्था गर्नुको साथै सैनिक कल्याणकारी बोर्डबाट प्राप्त भएका विभिन्न सामानहरु समेत वितरण गरिएको थियो । बाँकी रहेका अन्य नेपाली सेनाका भू.पू.सैनिकहरुलाई सैनिक कल्यणकारीबोर्डबाट प्राप्त सामाग्रीहरु यही चैत्र १९ गतेदेखि २६ गतेसम्म वितरण गरिने तारादल गणले जानकारी दिएको छ । दोलखा जिल्लामा नेपाली सेनाका भूतपूर्व सैनिकहरको कुल संख्या २४०५ जना रहेको छ ।

Shares

Be the first to comment on "दोलखामा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न"

Leave a comment

Your email address will not be published.


*