दोलखामा ‘भूकम्पपछिको पुनर्निर्माण र पुनःस्थापनामा सदाचार’ परियोजना सम्पन्न

इश्वर बिश्वकर्मा
चरिकोट, चैत्र १८
दोलखामा भूकम्पपछिको पुननिर्माण र पुनःस्थापनामा सदाचार परियोजना समापन गरिएको छ । युरोपियन यूनियनको सहयोगमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले करिब ४ वर्षदेखि सञ्चालन गरेको उक्त परियोजना मंगलबार एक औपचारिक कार्यक्रमकाबीच समापन गरिएको हो । समापन समारोहमा परियोजनाका जिल्ला अधिकृत उमेश्व बिश्वकर्माले परियोजनामार्फत हालसम्म गरिएको कार्य प्रगती विवरण प्रस्तुत गरेका थिए । उनले सरकारको पुर्निर्माण तथा पुर्नस्थापना सम्बन्धी नीति कार्यान्वयनको लागि सघाउ पु¥याउन तथ्य तथा तथ्याङ्कको माध्यमद्धारा वकालत तथा पहल पहल गर्ने कार्य परियोजनामार्फत गरिएको बताए । विद्यालय पुनर्निर्माण समयमा सम्पन्न गर्न सम्बन्धित निकायलाई सुझाव दिने, पुनर्निर्माण कार्यलाई जवाफदेही बनाउन नागरिक समाजलाई संलग्न गराउने, सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको कामलाई प्रभावकारी बनाउने लगायतका कार्य गरिएको जानकारी दिए । जिल्लामा परियोजना अन्र्तगत विभिन्न सरकारी तथा गैरसरकारी संघसस्था, सरकारी कार्यालय, स्थानीय सरकारसँगको सहकार्य र समन्वयमा अन्तरक्रिया, छलफल कार्यक्रम सार्वजनिक सुनूवाई कार्यक्रम सहति १ सय ७८ वटा कार्यक्रम गरिएको उनले जानकारी दिए । जसबाट १२ सय ९१ जना महिला र ९ सय ६ जना पूरुष गरी २१ सय ९७ जनाको प्रत्यक्ष उपस्थिती रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति दाेलखाकी उपप्रमुख मनमाया जिरेलले भूकम्पले दुखेका मनहरुमा ‘मल्हम’ लगाउने काममा सहभागी हुदैँ पारदर्शी र भ्रष्टाचार बिरुद्धको अभियान सञ्चालन गरेकोले जिल्लामा सोही किसिमको वातावरण निर्माण भएको बताइन् । त्यस्तै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका केन्द्रीय अध्यक्ष पदमिनी प्रधानले परियोजना प्रभावकारी बनेको भन्दै सहयोग र समन्वय गर्ने संस्था तथा नागरिकलाई धन्यवाद ज्ञापन गरेकी थिइ्न । उनले सदाचारयुक्त समाज निर्माणको मुल उद्धेश्य लिएर सक्रिय टीआई नेपालले सञ्चालन गरेको परियोजनाबाट पुनर्निर्माणमा सदाचार कायम भएकोले परियोजना प्रभावकारी बनेको दाबी गरिन् । युरोपियन युनियन काठमाडौँ र टिआई नेपालकाबीच २०७३ बैशाख ३० गते परियोजना सञ्चालन गर्ने सम्झौता भएको थियो । वि. सं २०७२ को सालको भूकम्पबाट प्रभावित दोलखा, सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, रसुवा, धादिङ, रामेछाप लगायतका १४ जिल्लामा यो परियोजना सञ्चालनमा रहेको थियो । दोलखासहित ३ जिल्लामा यो परियोजनाको औपचारिक समापन गरिसकिएको छ ।

Shares

Be the first to comment on "दोलखामा ‘भूकम्पपछिको पुनर्निर्माण र पुनःस्थापनामा सदाचार’ परियोजना सम्पन्न"

Leave a comment

Your email address will not be published.


*