दोलखामा ब्याटमिन्टन प्रतियोगिताको आयोजना गरिने

चरिकोट(दीस)ः दोलखा महोत्वस २०८० को उपलपक्ष्यमा ब्याटमिन्टन प्रतियोगिताको आयोजना गरिने भएको छ । बृहत दोलखा महोत्सव कै अवसरमा पुष १८ गते बाट ब्याटमिन्टन प्रतियोगिताको आयोजना गरिने भएको हो ।
पुष १८ गतेबाट विभिन्न दोलखा उद्योग वाणिज्य संघको आयोजना तथा दोलखा जिल्ला ब्याटमिन्टन संघको सह आयोजनामा विभिन्न समूहतर्फ प्रतिस्पर्धा हुने गरी प्रतियोगिताको आयोजना गर्न लागिएको दोलखा ब्याटमिन्टन संघका उपाध्यक्ष रोसन श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा खुल्ला तर्फ , जिल्ला तर्फ, भेट्रानतर्फ, विद्यालय स्तरीय छात्र÷छात्रा तर्फ खुल्ला तथा जिल्ला तर्फ छात्र÷छात्रा जस्ता विधामा प्रतिश्पर्धा हुने उहाँको भनाई रहेको छ ।
प्रतियोगिताका विजयीहरुलाई मेन्स डबल तर्फ ४० हजार, उपविजेतालाई २० हजार, भेट्रान मेन्स डबल तर्फ विजेतालाई ४० हजार तथा उपविजेतालाई २० हजार, जिल्ला स्तरीय विजेता र उपविजेतालाई क्रमस २० र १० हजार, इन्टर मेम्बरसिप तर्फ विजेता तथा उपविजेतालाई क्रमस १० हजार र ५ हजार पुरस्कार प्रदान गरिने दोलखा उद्योग वाणिज्य संघका सचीव प्रविण श्रेष्ठले जानकारी दिनुभयो । यस्तै विद्यालय खुल्ला तर्फका विजेता तथा उपविजेतालाई क्रमस १० हजार तथा ५ हजार र विद्यालय स्तरीय खेलका विजेता र उपविजेतालाई क्रमस ५ हजार र ३ हजार नगद, ट्रफि, मेडल तथा प्रमाण पत्र प्रदान गरिने उहाँको भनाई रहेको छ ।

Shares

Be the first to comment on "दोलखामा ब्याटमिन्टन प्रतियोगिताको आयोजना गरिने"

Leave a comment

Your email address will not be published.


*