दोलखामा बैदेशिक रोजगार र द्धन्द पीडित २२ जना विद्यार्थीले छात्रवृत्ति पाउने (नामावली सहित )

चरिकोट (दीस) –दोलखामा बैदेशिक रोजगार र द्धन्द्ध पीडित छात्रवृत्ति वितरण गरिने भएको छ । शिक्षा विकास तथा समन्वय इकाई दोलखाले गत बर्षहरुमा झैं यो बर्ष पनि छात्रवृत्ति वितरणको तयारी गरेको हो । द्धन्द्ध कालमा घाइते भएका, बेपत्ता भएका र मृत्यू भएका व्यक्तिका परिवारका १६ जना बालकालिकालाई छात्रवृत्ति उपलब्ध गराइने इकाईले जनाएको छ । इकाईका अनुसार जाल्पाश्वर मावि बाबरेमा कक्षा ८ मा अध्ययनरत अपेक्षा बुढाथोकी, कक्षा ६ का आषिश बुढाथोकी र कक्षा ९ का रुष्मा बुढाथोकी, कुटीडाँडा माविमा कक्षा ११ की राधिका चौलागाईँ, हिमालय बोर्डिङ स्कुल कोटेश्वरमा कक्षा १२ का कृष्ण प्रसाद चौलागाईँ, डाँडाखर्क मावि डाँडाखर्कमा कक्षा ८ का रामजी मगर, सनराइज बो. स्कुलमा कक्षा १० अध्ययनरत रश्मी तमाङ, तामाकोशी जनजागृत मावि रामेछापमा अध्ययनरत शारदा मगर, गौरीशंकर इङ्लिस बो. स्कुलमा कक्षा ७ अध्ययनरत गृष्म थामी, गौरीशंकर इङ्लिस बो. स्कुलमा अध्ययनरत निश्चल तमाङ, कालिन्चोक मावि कक्षा ११ का प्रकाश थामीले छात्रवृत्ति प्राप्त गर्ने छन् । हनुमन्तेश्वर मावि कक्षा १० का सोना काफ्ले, जलदेवी मावि कक्षा ८ मा अध्ययनरत करिष्मा नेपाली, अमर मावि कक्षा १२ का एलिना कार्की, कक्षा ९ का सलिसा कार्की र गोल्मेश्वर मावि कक्षा ८ मा अध्ययनरत मलिता पोखरेल रहेका छन् । इकाईका सूचना अधिकारीका अनुसार कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई १० हजार, कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई १२ हजार, कक्षा ९–१० का विद्यार्थीलाई १४ हजार र ११–१२ सम्मका विद्यार्थीलाई १६ हजार रुपैयाँ छात्रवृत्ति उपलब्ध गराइने छ ।चालु आर्थिक वर्ष आर्थिक वर्ष ६ जना बालबालिकाले बैदेशिक रोजगार छात्रवृत्ति पाउदैँ छन् । बैदेशिक रोजगारीका सिलसिलामा मृत्यु, अङ्गभङ्ग, अशक्त र वेपत्ता भएका कामदारका बालबालिकालाई आवश्यक पर्ने शैक्षिक छात्रवृत्ति प्रदान गरिने भएको हो । छात्रवृत्ति प्राप्त पाउनेमा कालिञ्चोक मावि चरिकोटमा कक्षा ११ मा की एनिसा अधिकारी, सोही विद्यालयकी कक्षा ११ पढ्ने सविना तमाङ, देवलिंगेश्वर मावि ओराङ कक्षा ८ की प्रविणा तमाङ, सोही विद्यालयका कक्षा ४ मा अध्ययनरत हिरोन तमाङ, देउराली आवि जिरी कक्षा २ का दाफुटी शेर्पा र हनुमन्तेश्वर मावि काब्रे कक्षा ८ का आङ्फुरी शेर्पाले छात्रवृत्ति प्राप्त गर्ने भएका छन् । उनिहरुमध्ये आधारभूत तह अध्ययनरत बालबालिकाले वार्षिक ८ हजार र माध्यमिक तहमा अध्ययनरतले वार्षिक १२ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

Shares

Be the first to comment on "दोलखामा बैदेशिक रोजगार र द्धन्द पीडित २२ जना विद्यार्थीले छात्रवृत्ति पाउने (नामावली सहित )"

Leave a comment

Your email address will not be published.


*