दोलखामा बाली बीमा हुन सकेन

कबिराज थामी
चरिकोट, फागुन १८
दोलखाका किसानहरुलाई कृषि बाली बीमाबारे जानकारी नहुनाले बाली बिमा हुन सकेको छैन् ।
व्यावसायिकरुपमा कृषिमा लागेका किसानलाई ७५ प्रतिशतअनुदानमा बाली बीमा गर्न सरकारको नीति भएपनि जिल्लामा अहिले सम्म किसानको आकर्षण बढ्न नसकेको हो ।
जिल्लामा बाली तथा पशुबीमा गर्न ध्येयका साथ विक्रम सम्बत २०७२ बैशाख ४ गते प्रिमियम इन्स्योरेन्स कम्पनी लिमिटेडको विस्तार गरिएको थियो । तर पशुको बिमा गर्ने किसानका संख्या बृद्धि भए पनि बाली बिमा कुनै कृषकले नगरेको बिमा कम्पनीले जनाएको छ ।
बाली बीमाका बारेमा आवश्यक जानकारी नभएकै कारण किसानको यसमा चासो नबढेको कम्पनीले जनाएको छ । दोलखाका प्राविधिक सिताराम सुवेदीले बताए ।
भीमेश्वर नगरपालिका १ फासेलुङका कृषक पृथ्वी थामीले आफ्ना खेतबारीमा अन्नबाली लगाए पनि बालीको बिमाबारे कुनै जानकारी नभएको बताउँछन् । उनले व्यवसायिक रुपमा गोलभेँडा, काउली, साग, बन्दा, धान, आलु, मकै लगायतका तरकारी बाली तथा दलहन बाली लगाउने गरेका छन् । सोही स्थानका जंग बहादुर थामी पनि कृषि पेशामा आबद्ध छन् । तर उनलाई बाली बिमाबारे कोही कसैले नबताएको र आफुलाई थाहा नभएको बताए ।
कृषि प्रणाली निर्वाह मुखीबाट क्रमिक रुपमा व्यवसायीकरण तर्फ रुपान्तरण गर्दै लैजानका लागि कृषि व्यबसायमा संलग्न कृषक, व्यवसायी तथा उद्यमीहरुको आत्मविश्वास वृद्धि गर्न जरुरी छ ।
कृषकहरुलाई कृषि तथा पशुपालन व्यवसायमा उन्नत प्रविधि अपनाउन, लगानी बढाउन, आफनो व्यवसायलाई विस्तार गर्न, लगानी सुरक्षित र जोखिम कम गर्नका लागि इन्स्योरेन्स कम्पनी भएपनि कृषकहरुको ध्यान जान नसकेको इन्स्योरेन्स कम्पनीका प्राविधिक सिताराम सुवेदीले बताए । बालीनालीमा लाग्ने किरा, अतिवृष्टि, खडेरी, बाढी, सलह आदिको जोखिम तथा विभिन्न तरिकाबाट हुनसक्ने जोखिम बिरुद्ध बाली बीमा गर्नु पर्ने र कृषिको विस्तार एवम् प्रवद्र्धन गर्न, कृषकहरुको काबुभन्दा बाहिरको परिस्थितिबाट हुनसक्ने समभावित जोखिमलाई न्युनिकरणको लागि बाली बिमा गरिन्छ ।
बाली बिमाका लागि दोलखाका बाली बीमा इन्स्योरेन्स कम्पनीले पहल गर्नुपर्ने र बीमा कम्पनीहरु कृषकको घरखेतमा गएर जानकारी दिनुपर्ने प्रिमियम इन्स्योरेनस कम्पनी दोलखाले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा बाली बीमा हुन सकेन"

Leave a comment

Your email address will not be published.


*