दोलखामा बालबालिकालाई कोरोना विरुद्ध खोप दिइने

दीक्षण समाचार
चरिकोट, पुस ३
दोलखामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई पुस ७ गतेदेखि कोभिड १९ विरुद्ध मोर्डना खोपको पहिलो मात्रा लगाइने भएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला खोप समन्वय एवम अनुगमन समितिको शुक्रबार सम्पन्न बैठकले बालबालिकालाई मोर्डनाको पहिलो मात्रा लगाइने निर्णय गरिएको हो । लक्षित समुहलाई तोकिएको विद्यालय तथा स्वास्थ्यसंस्थामार्फत पहिलो मात्रा खोप लगाइने भन्दै स्वास्थ्य कार्यालयले शनिबार एक सूचना जारी गरेको छ । सूचनाअनुसार कालिञ्चोक, विगु, गौरीशंकर र मेलुङ गाउँपालिकामा ७ देखि ९ गतेसम्म, तामाकोशी गाउँपालिकामा ८ देखि १० गतेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ । त्यसैगरी भीमेश्वर नगरपालिका, जिरी नगरपालिका र बैतेश्वर गाउँपालिकामा ११ देखि १३ गतेसम्म र शैलुङ गाउँपालिकामा १२ देखि १४ गतेसम्म कार्यक्रम चल्नेछ । कोरोना संक्रमण घटेपनि यसको अन्त्य भईनसकेकोले यसबाट जोगिन खोप लगाउन अपरिहार्य छ । यसअघि जिल्लामा १८ वर्ष माथीका उमेर समूहका नागरिकलाई खोप लगाइएको थियो । तर खोपको पर्खाइमा रहेका बालबालिकालाई भने यस पटक खोप लगाउने काम थालिएको हो । खोप लगाउनको लागि लक्षित समुहले नागरिकता तथा जन्मदर्ताको साथमा तोकिएको खोप स्थलमा आउनेपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा बालबालिकालाई कोरोना विरुद्ध खोप दिइने"

Leave a comment

Your email address will not be published.


*