दोलखामा बढ्दै कोरोना संक्रमण, सक्रिय संक्रमित संख्या २४ पुग्याे

दीक्षण समाचार
चरिकोट, पुष ३०
आज १३ जनामा संक्रमण पुष्टि भएसँगै दोलखामा सक्रिय कोरोना सङ्क्रमितको संख्या २४ पुगेको छ । आज एन्टिजेन प्रविधिबाट १५ जनाको स्वाबको नमूना परीक्षण गरिएकोमा सात पुरुष र छ महिलाको रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिरी नगरपालिकाका चार पुरुष र छ महिला गरी दश जनामा कोरोना संक्रमण पुष्टि भएको छ, भने तामाकोसी गाउँपालिकाका तीन पुरुष संक्रमित भएका छन् । आज थपिएकासगैँ जिरी नगरपालिकामा सक्रिय सङ्क्रमितको संख्या १६ पुगेको छ । तामाकोसी गाउँपालिकामा सक्रिय संक्रमित चार पुगेको छ । जिल्लाको बैतेश्वर  र गौरीशंकर गाउँपालिकामा दुईदुई जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमित सबै होम आइसोलेसन बसिरहेका छन् । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनको जोखिम बढिरहेको बेला दोलखा पनि कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुन थालेको छ । तर हाल सक्रिय संक्रमितमा पुरानै भेरियन्टको संक्रमण भएको हो वा ओमिक्रोन संक्रमण हो भन्ने पत्ता लगाउन सम्बन्धित पक्षले चासो दिएको छैन । यद्यपि स्वास्थ्य कार्यालयले हालका सक्रिय संक्रमितलाई दोस्रो चरणको कोरोना भाइरसबाट संक्रमित हुनेहरूको विवरणमा समावेश गरेको छ । काेराेना संक्रमण बढ्न थालेकाेले सचेत र सतर्कता अपाउन पर्ने बेला अाएकाे छ ।
 

Shares

Be the first to comment on "दोलखामा बढ्दै कोरोना संक्रमण, सक्रिय संक्रमित संख्या २४ पुग्याे"

Leave a comment

Your email address will not be published.


*