दोलखामा फोटा पत्रकारिता तालिम

दीक्षण समाचार
चरिकोट, १३ जेठ

चरिकोटमा फोटो पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको आयोजनामा भएको तालिममा २२ जना पत्रकार र फोटो पत्रकारको सहभागीता रहेको महासंघ दोलखाका अध्यक्ष जीवन लामाले जानकारी दिए ।संघीय संसदका सांसद पार्वत गुरुङले तालिमको उद्घाटन गरे । उनले तालिम उद्घाटन समारोहमा पत्रकारहरुलाई समृद्धिका पक्षमा पनि कलम चलाउन आग्रह गरे । उनले २ दिनपछि आउने बजेटमा लप्ची भिट्टामोड सडक, लामाबगरको सुरुङ मार्ग र गौरीशंकर एकीकृत पर्यटकीय योजनामा जोड दिएको बताए । बजेटले यि योजनालाई समेट्नेमा आफू विश्वस्त भएको बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले हजारौं शब्दले व्यक्त गर्न नसक्ने भावना एउटै फोटोले दिने बताए । तालिमबाट पत्रकारहरुलाई फोटो पत्रकारितामा थप व्यवसायी बनाउने विश्वास गरे । तालिममा कान्तिपुरका फोटो पत्रकार किरण पाण्डेले प्रशिक्षण दिइरहेका छन् । तालिम मंगलबार सकिदै छ ।

Shares

Be the first to comment on "दोलखामा फोटा पत्रकारिता तालिम"

Leave a comment

Your email address will not be published.


*