दोलखामा फुटसलमा आकर्षण बढ्दो

ईश्वर बिश्वकर्मा ÷चरिकोट, – दोलखामा फुटसलका पारखीहरू बढ्दै गएका छन् । फुटबल, भलिबल, क्रिकेट खेल्न रुचि राख्नेहरू अहिले “इन्डोर खेल” फुटसलमा पनि आकर्षित भएका हुन् । शारीरिक तन्दुरुस्ती, मनोरञ्जन लागि मात्र नभई खेलाडी बन्ने मुख्य उद्देश्य सहित अभ्यास गर्न बालबालिकादेखि युवा खेलप्रेमीहरू नियमित फुटसल हलमा पुग्न थालेका छन् । सदरमुकाम चरिकोट चरिघ्याङ रोयल मकैबारी फुटसल एण्ड स्पोर्ट्स हाउस प्रालिले पाँच वर्षदेखि जिल्लामै पहिलो रोयल मकैबारी फुटसल हल सञ्चालन गरिरहेको छ । जहाँ बिहान र बेलुका अबेरसम्म पनि खाली हुदैँन । शुक्रबार र शनिबार सहित बिदाका दिन फुसटलका लागि खेलाडी समूहहरू पालो पर्खेर बस्छन्, पालो आउनासाथ खेल्दै रमाउने गर्दछन् । खेल्नको लागि समयावधि दिइन्छ । त्यसबापत खेलाडी समूहले निर्धारित शुल्क तिर्नुपर्दछ । हिलो, धुलोको पिर छैन । गर्मी, झरीको चिन्ता छैन । सुविधा सम्पन्न फुटसल हलमा पुगेर खेल सुरु गरेपछि युवाहरूलाई थकाइ लाग्दैन । हलभित्र कृत्रिम दूबोको घाँसे मैदानमा ढुक्कले खेल्न पाइने व्यवस्था भएको हुँदा फुटसलमा क्रेज बढेको हो । सञ्चालक राजेश तामाङले फुसटल हल स्थापना भएको छोटो समयमै लोकप्रियता हासिल गर्न सफल भएपछि खुशी व्यक्त गर्नुभयो । अन्य जिल्लामा फुटसल लोकप्रिय बन्दै गएको बेला दोलखामा पनि यसको विकास र विस्तार गर्ने सोच साकार हुन थालेको उहाँले बताउनुभयो । फुटसल खेल्न नियमित खेलाडीहरू आउने गरेको सुनाउँदै उहाँले यसप्रति खेलप्रेमी नागरिकको आकर्षण बढेको बताउनुभयो । “खुल्ला मैदानमा खेल खेल्दा हिलो, धुलो र झरीको चिन्ता हुन्छ । तर यहाँ त फुटसल खेल्न कुनै चिन्ता लिन पर्दैन ।” उहाँले भन्नुभयो, “लडेर चोटपटक लाग्ने डर पनि हुदैँन । ढुक्क र मज्जाले फुटसल खेल्न पाइन्छ ।” फुटबल र फुटसलका आफ्नै नियम र विशेषता रहेपनि फुटबलसँग जोडिएको खेल हो फुटसल । इन्डोरमा खेलिने यस खेललाई मिनी फुटबल पनि भनिन्छ । यस खेल खेल्ने समूहमा एक गोल रक्षकसहित पाँच जना खेलाडी रहन्छन् । फुटसल खेल्दा फुटबल खेलको पनि अभ्यास हुने हँुदा फुटबल खेलाडीलाई सघाउ पुग्छ ।२०७५ पुसदेखि करिब ५७ लाख लगानीमा २५ मिटर लम्बाइ र १५ मिटर चौडाइको मैदानसहितका संरचना निर्माण गरी फुटसल हल सञ्चालनमा आएको थियो । बिस्तारै फुटसलको प्रचारप्रसार सहित खेलाडीहरू समेत बढ्दै गएको बेला त्यसको एक वर्ष नपुग्दै कोरोनाको महामारी फैलियो । जसले अन्य क्षेत्रसँगै खेल क्षेत्रलाई पनि अति प्रभाव पा¥यो । कोरोना महामारी फैलिने डरले फुटबल, भलिबल लगायतका खेलकुद अभ्याससँगै प्रतियोगिता आयोजना गर्न प्रतिबन्ध लगाइयो । फुटसल पनि कोरोनाको प्रभाव कम हुँदा खोल्ने र प्रभाव बढी हुँदा बन्द गर्ने गरियो । यसरी नै साँढे दुई वर्ष बित्यो । अहिले भने फुटसल हल सञ्चालनमा आएपछि यसको पारखीहरू बढ्दै गएका छन् । यसबाट फुटसल सञ्चालकहरुको आयमा समेत बृद्धि भएको छ । फुटसलको विकास र विस्तारलाई प्रवद्र्धनका साथै खेलाडी उत्पादन उद्धेश्य सहित विभिन्न समयमा प्रतियोगिता आयोजना हुन थालेको छ ।

Shares

Be the first to comment on "दोलखामा फुटसलमा आकर्षण बढ्दो"

Leave a comment

Your email address will not be published.


*