दोलखामा फागुन २२ र २३ गते शैक्षिक सम्मेलन

ईश्वर बिश्वकर्मा
चरिकोट, फागुन १५
सामुदायिक विद्यालयको सबलीकरणका लागि जिल्ला दोलखामा जिल्ला स्तरीय शैक्षिक सम्मेलन गरिने भएको छ ।
“हामी सबैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सबलीकरण” भन्ने मुल नारासहित फागुन २२ र २३ गते सदरमुकाम चरिकोटमा शैक्षिक सम्मेलन गरिने भएको हो ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका इकाई प्रमुख शंकरबाबुु श्रेष्ठले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र सिकाइ उपलब्धी बृद्धि गर्नका लागि बृहत् सम्मेलनको आयोजना गरिएको बताए ।
सम्मेलनको उद्धघाटन नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रबधीमन्त्री गिरीराजमणी पोखरेलद्धारा हुने आयोजकले जनाएको छ ।
सम्मेलनमा विभिन्न नमुना विद्यालयका प्रधानाध्यापकहरुले विद्यालय नमुना बनाउने विषयमा प्रस्तुतिकरण गरिने छ । पहिलो दिन अर्थात २२ गते नमुना विद्यालय नारायणी माविका चितवनबाट पुर्ण दवाडी, दिगो विकास लक्ष्य प्राप्तिका प्रअको क्षमता अभिबृद्धिका लागि बाबुराम पाण्डे, शिक्षण सिकाइमा आइसिटीको प्रयोग प्रस्तुतिकरण इन्जिनियर अश्विन सत्यालले आफ्ना प्रस्तुतिकरण दिने इकाई प्रमुख श्रेष्ठले बताए ।

सम्मेलनको दोस्रो दिन अर्थात् २३ गते विद्यालय तहको एकिकृत पाठ्यक्रम, राष्ट्रिय प्रारम्भिक कक्षा पढाई प्रारम्भका लागि छलफल,मेगा मावि भक्तपुरको सिकाईको प्रस्तुतिकरण गरिने उनले बताए । सम्मेलन समापन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।
सम्मेलनको आयोजना शिक्षा विकास तथा समन्वय इकाई दोलखा, जिल्ला शिक्षा समिति र नेपाल शिक्षक महासँघ, शिक्षक कल्याण महासँघ र गैरसरकारी संस्थाको समन्वयमा हुने भएको हो ।

Shares

Be the first to comment on "दोलखामा फागुन २२ र २३ गते शैक्षिक सम्मेलन"

Leave a comment

Your email address will not be published.


*