दोलखामा प्रेस सेन्टर नेपालको नयाँ नेतृत्व चयन,अध्यक्षमा बस्नेत

राजकुमार भुजेल,दोलखा।नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टर नेपाल दोलखा जिल्ला अध्यक्षमा अबिरल बस्नेत चयन भएका छन्। शनिबार सदरमुकाम चरिकोट स्थित हाम्रो रेडियोको सभाहलमा सम्पन्न प्रेस सेन्टरको छैठौं जिल्ला साधारण सभाले बस्नेतको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो। समितिको उपाध्यक्षमा प्रमिला नेपाली, सचिवमा केदार दाहाल चयन भएका छन् भने कोषाध्यक्षमा गोविन्द थामी चयन भएका छन् यस्तै सदस्यहरुमा ईश्वर विश्वकर्मा, प्रकाश कौशल, भुपेन्द्र प्रसाद भण्डारी, ईश्वरी बुढाथोकी, मिलन थामी, जेनी तमाङ, सविना थापा, नविन सुनुवार र सुमित्रा थामी चयन भएका छन् । कार्यक्रममा दोलखा जिल्ला नेकपा माओवादी केन्द्र का संघिय संसद गंगा कार्की,पुर्व मन्त्री एवंम नेकपा माओवादी केन्द्र दोलखाका पार्टी इन्चार्ज विशाल खड्का,प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा (जुगल),नेपाल पत्रकार महासंघ दोलखाका पूर्वअध्यक्ष राजेन्द्र मानन्धर,रेडियो भीमेश्वर दोलखाका स्टेशन मेनेजर तथा नेपाल प्रेस युनियन दोलखाका अध्यक्ष गोकर्ण भण्डारी ,नेपाल पत्रकार महासंघ का पुर्ब केन्द्रिय सदस्य पत्रकार महासंघ दोलखा शाखा का सभापति एबम साहित्यकार चिरञ्जीवी मास्के लगाएतले मन्तव्य राखेका थिए।

Shares

Be the first to comment on "दोलखामा प्रेस सेन्टर नेपालको नयाँ नेतृत्व चयन,अध्यक्षमा बस्नेत"

Leave a comment

Your email address will not be published.


*