दोलखामा प्रहरीले मनायो दिवस

इश्वर बिश्वकर्मा /चरिकोट, –दोलखामा पनि ६६ औँ प्रहरी दिवस मनाइएको छ । दिवसको अवसरमा आइतबार जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले चरिकोट स्थित सातदोबाटोमा संयुक्त रुपमा तपाईको मास्क खोई कार्यक्रम आयोजना गरेको छ । कोरोना महामारी पूर्ण रुपमा न्युनिकरण भईनसकेको अवस्थामा कोरोनाबाट बच्न नाकमुख ढाकिने गरी मास्क लगाउने बानीलाई निरन्तरता दिइनुपर्ने सन्देश दिदैँ कार्यक्रम गरिएको प्रहरीले जनाएको छ । सो कार्यक्रममा प्रयोगबारे सचेत गराउदैँ मास्क वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टेकराज निरौला प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक भेषराज रिजाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक भानुभक्त नेपाल, भीमेश्वर नगरपालिका–६ का वडाअध्यक्ष नविन लामा, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाईँ र यातायात व्यवासायीहरुको सहभागिता रहेका थियो । प्रहरी दिवसको अवसरमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय दोलखाको आयोजनामा नेपाल रेडक्रस र जिल्ला स्वास्थ्य कार्यालय चरिकोट दोलखासँगको समन्वयमा १५ गते रक्तदान कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा १९ जना प्रहरीले रक्तदान गरेका थिए । दोलखामा दरबन्दी अनुसारको प्रहरी र आवश्यक भौतिक संरचना पर्याप्त नहुँदा पनि शान्ती सुरक्षा र अमनचयन कायम राख्न प्रहरी सफल भएको भन्दै तारिफ हुने गरेको छ ।

Shares

Be the first to comment on "दोलखामा प्रहरीले मनायो दिवस"

Leave a comment

Your email address will not be published.


*