दोलखामा १५८ जना चालकहरूको स्वास्थ्य परिक्षण

चरिकोट– समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दोलखामा पहिलोपटक सवारीसाधनको चेकजाँचसंगै चालकहरूको स्वस्थ्य परिक्षण गरिएको छ । आज १५८ जना चालकको स्वास्थ्य परिक्षण गरिएको छ ।
सुरक्षित यात्राकासाथै सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सदरमुकाम चरिकोट स्थित सातदोबाटो प्रहरी चौकीमा बिहीबार एक दिने सवारीसाधनको यान्त्रिक चेकजाँच र चालकको स्वस्थ्य परिक्षण गरिएको हो ।
जिल्ला ट्राफिक कार्यल र जिल्ला प्रहरी कार्यलय दोलखाको संयुक्त आयोजनामा भएको कार्यक्रममा एक सय पचास वटा सवारीसाधनहरुको यान्त्रिक जाँच र उक्त सवारीसाधनको चालकहरूको स्वास्थ परिक्षण गरिएको जिल्ला ट्राफिक प्रमुख ट्राफिक प्रहरी सहायक निरीक्षक चन्द्रमान तामाङले जानकारी  दिए।उनका  अनुसार सवारीसाधनहरुको गेर, ब्रेक, क्लज, एक्सीलेटरका साथै इन्जिनको अवस्था जाँच गरिएको थियो भने चालको ब्लडप्रेसर, मुटुको अवस्था र आँखाको परिक्षण गरिएको थियो ।
दोलखाको भीमेश्वर नगरपालिका, प्राथमिक स्वस्थ्य केन्द्र, लायन्स आँखा केन्द्र र सिप्रदी ट्रेडिङको साझेदारीमा भएको कार्यक्रममा मेडिकल अधिकृत अरुण उप्रेती र नेत्र सहायक विप्लव खड्काले आँखा तथा स्वस्थ्य

सिप्रदी ट्रेडिङका सर्भिस ईन्जिनियर उमेश खत्रीले सवारीसाधनहरुको चेकजाँच गरेका थिए ।

Shares

Be the first to comment on "दोलखामा १५८ जना चालकहरूको स्वास्थ्य परिक्षण"

Leave a comment

Your email address will not be published.


*