दोलखामा प्रदेशका क्लव स्तरीय फुटबल प्रतियोगिताको आयोजना हुँदै

चरिकोट(दीस)ः सदरमुकाम चरिकोटमा प्रदेशका क्लव स्तरीय खुल्ला फूटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । दोलखा फूटबल संघको आयोजनामा सो प्रतियोगिताको आयोजना गरिेने भएको हो ।
नेपालीहरुको महान चाड बडा दशैं, तिहार तथा छटपर्वको पावन अवसरमा कार्तिक १९ गतेदेखि २५ गते सम्म सदरमुकाम चरिकोटमा प्रथम बागमती प्रदेश क्लव स्तरीय खुल्ला फुटबल प्रतियोगिताको अयोजना गर्न लागिएको दोलखा फूटबल संघका अध्यक्ष कौरब पाण्डेले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ५० हजार तथा द्वितीय हुने टिमले १ लाख २५ हजार नगद मेडल र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष पाण्डेको भनाई रहेको छ । खेल भीमेश्वर रंगशाला टुँडिखेलमा हुने छ ।

Shares

Be the first to comment on "दोलखामा प्रदेशका क्लव स्तरीय फुटबल प्रतियोगिताको आयोजना हुँदै"

Leave a comment

Your email address will not be published.


*