दोलखामा प्रतिनिधिसभाका उम्मेदवारले ३३ लाख र प्रदेससभाका उम्मेदवारले २३ लाख खर्च गर्न पाउने सीमा निर्धारण

चरिकोट (दीस)ः–निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य चुनावका लागि उम्मेदवार तथा दलहरुले गर्ने खर्चको सीमा निर्धारण गरेको छ । निर्वाचन आयोगका अनुसार दोलखाका प्रतिनिधीसभाका उम्देवारले अधिकतम ३३ लाख रूपैया र प्रदेसभाका उम्मेद्वारले २३ लाख रूपैयाँ खर्च गर्न पाउने पाउने सीमा निर्धारण गरेको छ । प्रतिनिधिसभामा दोलखामा सहित २६ निर्वाचन क्षेत्रका उम्मेद्वारलाई सो सीमा निर्धारण गरिएको हो । प्रदेश सभामा ३२ निर्वाचन क्षेत्रको खर्च सीमा निर्धारण भएको आयोगले जनाएको छ ।बिभिन्न तीन पक्षलाई आधार मानेर निर्वाचन आयोगले पहिलो हुने निर्वाचित प्रणालीतर्फ फरक फरक निर्वाचन क्षेत्रका लागि फरक फरक खर्चको सीमा तोकेको छ । खर्चको सीमा निर्धारण गर्दा २०७९ साल भदौ ३१ गते प्रकाशित अन्तिम मतदाता नियमावलीमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम मतदाताको संख्यालाई ६० प्रतिशत भार सम्बन्धित निर्वाचन क्षेत्रमा कायम भएको मतदान केन्द्रको संख्यालाई २० प्रतिशत र सम्बन्धित निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफललाई २० प्रतिशत भार मानिएको आयोगले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा प्रतिनिधिसभाका उम्मेदवारले ३३ लाख र प्रदेससभाका उम्मेदवारले २३ लाख खर्च गर्न पाउने सीमा निर्धारण"

Leave a comment

Your email address will not be published.


*