दोलखामा प्रजिअ सह सचिव, प्रहरी प्रमुख एसपी

दीक्षण समाचार
चरिकोट, १ जेठ

सरकारले दोलखामा पनि प्रमुख जिल्ला अधिकारी (सिडियो)मा सहसचिव र जिल्ला प्रहरी प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) खटाउने भएको छ । सरकारले १९ वटा पहाडी जिल्लाको सिडिओमा सहसचिव र जिल्ला प्रहरी प्रमुखमा एसपीलाई खटाउने तयारी गरेसँगै दोलखामा पनि यो दरबन्दी पाउने भएको छ । धेरै जनसंख्या भएका जिल्लामा दरबन्दी स्तरोन्नति गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । जिल्लामा हाल उपसचिव प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षक(डिएसपी) प्रमुख रहेका छन् ।
हाल ४२ जिल्लामा सहसचिव तथा ३५ जिल्लामा सिडिओको उपसचिव दरबन्दी छ । त्यस्तै, दुई जिल्लामा एसएसपी, ४० जिल्लामा एसपी र ३५ जिल्लामा डिएसपी जिल्ला प्रहरी प्रमुख रहेका छन् । अब ६१ जिल्लामा सहसचिवलाई सिडिओ र ५९ जिल्ला एसपीलाई खटाउन लागिएको छ ।
स्तरोन्नती हुन लागेको जिल्लामा दोलखासँगै पाँचथर, भोजपुर, खोटाङ, संखुवासभा, ओखलढुंगा, रामेछाप, लमजुङ, पर्वत, अर्घाखाँची, प्युठान, सल्यान, डोल्पा, बैतडी, जुम्ला, दैलेख, अछाम र डडेल्धुरा

१९ सहसचिवको दरबन्दी स्वीकृत भएपछि प्रहरीबाट एसपीलाई खटाउने गृहको तयारी छ । साबिकमा र हाल दुईवटा निर्वाचन क्षेत्र भएका जिल्लामा सहसचिव र एसपीलाई खटाउन लागिएको गृहका सहसचिव केदारनाथ शर्माले बताए । विगतमा तीनवटा निर्वाचन क्षेत्र भएका जिल्लामा मात्र सहसचिव र एसपी खटाउने निर्णय भएको थियो ।

Shares

Be the first to comment on "दोलखामा प्रजिअ सह सचिव, प्रहरी प्रमुख एसपी"

Leave a comment

Your email address will not be published.


*